Header Ads

डुब्दै गरेकी बालिका बचाउन एक न्यायधीश यसरी हामफालेपछी

एजेन्सी । भारतको पंजाव राज्यको चण्डीगढस्थित सुखना पोखरी किनारमा एक न्यायाधीश घुमिरहेका थिए, तब उनले पोखरीमा डुब्दै गरेकी एक बालिका देखे । न्यायमूर्ति मुत्ताकी जयपाल तत्काल पोखरीमा हामपाले र डुब्दै गरेकी बालिका नजिक पुगेर उनलाई बचाए ।

त्यतिबेला उनका साथ उनको निजी सुरक्षा अधिकारी यशपाल पनि साथै थिए । न्यायमुर्ति जयपालले भगवानलाई धन्यवाद दिए कि उनले एक जना मानिसको ज्यान बचाउने अवसर पाए । उनले भने–म पहिला एक मानिस हुँ, त्यसपछि मात्र न्यायधीश । न्यायमूर्ति जयपालकी श्रीमती भवानीले घटनाबारे जानकारी दिँदै भनिन्–सामान्यतः उहाँ मभन्दा निकै छिटो हिड्नु हुन्छ त्यसैले त्यतिबेला म उहाँको पछिपछि हिडिरहेकी थिएँ ।

जब मैले उक्त बालिकालाई बचाउँदै गरेको देखेँ तब मलाई निकै गर्व महशुस भयो । बालिका कक्षा ९ मा राम्रो नम्बर ल्याएर पास भएकी थिइन् । उनका पिता रिक्सा चलाउँथे । आर्थिक रुपमा कमजोर भएका कारण पिताले छोरीलाई अगाडि पढाउन नसक्ने बताएका थिए । यही कारण बालिका निकै दुःखी थिइन् । त्यसैले उनले आत्महत्याको प्रयास गरेको अनुमान गरिएको छ। न्यायमुर्ति जयपालकी श्रीमती भवानी भन्छिन्–जब हामीले बालिकाको आत्महत्याको कारणबारे थाहा भयो हामीले उनको पितालाई भेट्यौ ।

उनलाई मनायौ कि बालिकाको अगाडिको बढाई नरोकियोस् । साथै हामीले बालिकाको उपचार खर्च पनि लिम्मा लिने निर्णय गरेका छौ । बालिका शिक्षाबारे जोड दिँदै भवानी भन्छिन्–हरेक आमाबाबुले आफ्नी छोरीलाई पढाउनुपर्छ । न्यायमुर्ति मुत्ताकी जयपालका तीन सन्तान छन् । उनका छोरा इन्जिनियर छन् । दुई सन्तान छन् । उनका छोरा इन्जिनियर छन् । दुई छोरीमध्ये एक डाक्टर र एक विदेशमा स्नातकोत्तर अध्ययन गरिरकेकी छन् ।
Powered by Blogger.