Header Ads

महामारीबाट जोगिन जाजरकोटबासिले देउतालाई भाकल

जाजरकोट । जाजरकोटमा फैलिएको महामारीबाट जोगिन स्थानीय बासिन्दाले देउतालाई भाकल गर्न थालेका छन्। महामारीबाट एक दर्जन गाविस प्रभावित भएका छन् भने सोमबारसम्म २५ जनाको ज्यान गएको छ।

 तीन सातासम्म पनि महामारी नियन्त्रणमा नआएपछि त्रसित स्थानीय बासिन्दाले त्यसबाट बच्न र अब कसैको पनि ज्यान नजाओस् भनेर कुलदेउतालाई बोका भाकल गर्न थालेका हुन्। संक्रमण नफैलिएका गाविसका बासिन्दाले पनि त्यसबाट बच्न भाकल गरेका छन् ।

 अन्धविश्वासका कारण धामीको भर परेर बिरामी उपचारका लागि स्वास्थ्यकर्मीसँग नआउँदा रोग नियन्त्रणमा थप समस्या भइरहेको स्वास्थ्यका अधिकारीहरूले बताएका छन्। खगेनकोटका बासिन्दाले गाउँमा महामारी नफैलियोस् भन्दै देउता भाकेका छन्।

उनीहरूले स्थानीय हलचौरमा भेला भएर आइतबार सामूहिक रूपमा देउतालाई भाकल गरे। महामारीले छिमेकी गाविसहरू प्रभावित भएपछि त्यसको संक्रमण गाउँमा नफैलियोस् भनेर उनीहरूले मष्टा देउतालाई भाकल गरेका हुन्।

स्थानीय बासिन्दा नारायण खत्रीका अनुसार गाउँमा महामारी नफैलियोस् भनेर देउतालाई बोका भाकल गरिएको छ। उल्लेखित समाचार अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।
Powered by Blogger.