प्रत्येक रात हिजोको रात जस्तै भइदिए !
एजेन्सी । मायामा समयले अर्थ राख्दैन । यो कुरो फेरि निकी मिनाज र मिक मिलले पुष्टि गरेका छन् ।
यी अमेरिकी र्यापरहरु डेटिङ थालेको दुई महिनामै इन्गेजमेन्टको निश्चयमा पुगेका छन् । ३२ वर्षे निकीले गत साता औंठीसहितको साईली औलो सोसल साईटमा पोष्ट गरेकी थिइन् ।
त्यसबारे उनले केही खुलेर नबोलेकाले फ्यानहरु बेचैन भएका थिए । २७ वर्षे मिकको यो पोष्टले भने उनीहरुको खुल्दुली केही सीमासम्म मेटिएको थियो–‘ ‘प्रत्येक रात हिजोको रात जस्तै भइदिए !’
बुझ्नेलाई इसारा नै काफी हुन्छ ।
उता, निकीकी ममले भने आफ्नी छोरी र मिकबीच त्यस्तो केही नभएको र गायिकाले फ्यानहरुसँग ठट्टामात्रै गरिरहेको ठोकुवा गरेकी छन् । आजको कान्तिपुरमा समाचार छ ।

