Header Ads

विद्युत चुहावटमा नेपाल दक्षिण एसियामै अगाडि

काठमाडौं,चैत २२ । जलविद्युत् उत्पादन क्षमता आधारमा सबैभन्दा कमजोर मुलुकको रुपमा चिनिएको नेपालमा विद्युत चुहावट भने दक्षिण एसियाकै अग्रस्थानमा छ ।

 नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको एक तथ्यांकअनुसार नेपालमा २४ दशमलव ६४ प्रतिशत विद्युत् चुहावट छ, जुन दक्षिण एसियाकै सबैभन्दा बढी हो । नेपालमा ५ वर्षअघि विद्युत् चुहावट ३० प्रतिशत नाघेको थियो, तर अहिले घट्दै गए पनि अन्य दक्षिण एसियाका राष्ट्रहरुको तुलनामा सबैभन्दा बढी हो ।

नेपालमा हालसम्म भएको अध्ययनको आधारमा ८४ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेकोमा आठसय मेगावाट मात्र उत्पादन छ ।

 प्राधिकरणका अनुसार भारतमा २४ प्रतिशत मात्र चुहावट छ भने श्रीलंकामा ११ दशमलव २४ प्रतिशत, पाकिस्तानमा १७ प्रतिशत, बंगलादेशमा १४ दशमलव ६१ प्रतिशत र भुटानमा ४ दशमलव ३ प्रतिशत चुहावट छ । छिमेकी राष्ट्र चीनमा समेत ६ दशमलव ५ प्रतिशत मात्र चुहावट छ ।-राजधानी दैनिकबाट
Powered by Blogger.