Header Ads

हिमानी कामदारसहित नयाँदिल्लीमा

काठमाडौं,चैत २३ । पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली गएकी छन् । निर्मल निवासका केही कामदार र पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागर तिमिल्सिनासहित उनी दिल्ली गएका हुन् ।

हिमानी आइतबार बिहान आठ बजेको उडानबाट दिल्ली गएकी हुन् । उनी एक महिना उतै रहनेछिन् । उनले छोराछोरी भने लगेकी छैनन् । पूर्वयुवराज्ञी कोमलको उपचार र ज्ञानेन्द्रको राजनीतिक तथा पारिवारिक भेटवार्तासमेत गर्दा एक महिनाभन्दा बढी रहनुपर्ने भएकाले हिमानीले अपार्टमेन्टको समेत व्यवस्था गर्ने भएकी छन् ।

पूर्वराजा ज्ञानेन्द्र पनि यही साता दिल्ली जाने कार्यक्रम छ । पूर्वयुवराज पारस १९ चैतमा स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उनी गइनन् ।

जबकि अघिल्लो मंगलबार पारसलाई थाइल्यान्डको जेलबाट मुक्त गराउन त्यहाँको राजपरिवारसँग हिमानीले नै कुराकानी गरेकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.