Header Ads

२०७१ मा रास क्रीएसनका नयाँ भिडियोहरु आउँदै : फोटो फिचर

काठमाण्डौ । नयाँ स्रस्टालाई सधै साथ, समर्थन र हौसला प्रदान गर्ने रास क्रीएसनले यो नयाँ बर्षमा केहि नयाँ गीतहरु बजारमा लिएर आउन लाएको छ ।

चर्चित पप गायक रमेश थनेतको दोस्रो एल्बमको तेस्रो म्यूजिक भिडियो तथा नव गायक गणेशकाज़ी बस्नेतको पहिलो एल्बमको पहिलो म्यूजिक भिडियो रास क्रीएसनले बजारमा ल्याउन लागेको हो ।भर्ख्रर मात्र सुटिङ सकिएको गीतहरुको अहिले धमाधम सम्पादन चलिरहेको छ ।

केहि नयाँ तथा पुराना मोडेलहरुले अभिनय गरेको उक्त म्यूजिक भिडियोको छायांकन सुलभ अधिकारीले गरेका छन् भने डाइरेक्सन रास क्रीएसनका क्रीएटिभ डाइरेक्टर रमेश थनेतको रहेको छ । निकै नै सुन्दर ठाउहरुमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोहरुको बजार ब्यबस्थापन तथा प्रोमोशन रास क्रीएसनले नै गर्ने भएको छ ।

बिशेस गरि युवा बर्गलाई लक्षित गरि निर्माण गरिएको उक्त म्यूजिक भिडियोहरुबाट आफु निकै नै आशाबादी रहेको कुरा रास क्रीएसनका म्यनेजिंग डाइरेक्टर आशिस घिमिरेले न्युज अभियानलाई बताउनुभयो ।

Powered by Blogger.