Header Ads

बयान परिवर्तन गरेकोमा एक महिलालाई तीन हजार जरिवाना

सप्तरी, चैत २५ । सप्तरी जिल्ला अदालत राजविराजले वकपत्र परिवर्तन गरेको भन्दै एक जना महिलालाई ३ हजार जरिवानाको फैसला गरेको छ ।

सप्तरीको मधुपटी गाविस १ निवासी राजकुमारी चौधरीलाई जिल्ला न्यायाधिश चन्द्रबहादुर सारुको एकल इजलासले फैसला सुनाइएको हो ।

गत माघ १९ गते बैंकबाट एक लाख रकम झिकेर घरतर्फ जाँदै गरेको अवस्थामा राजकुमारीले रकम सप्तरीको छिन्नमस्ता गाविस ५ महुवा टोल निवासी २५ वर्षिय पंकज यादव र सोही ठाउँ वडा न. ६ बस्ने २३ वर्षिय सानु राय लुटेको बताएकी थिइन् ।

तर, अदालतमा उनले आफ्नो लुटिएको रकम भेटिसकेको भनेपछि उनलाई वकपत्र परिवर्तन गरेको भन्दै जरिवाना फैसला सुनाइएको जनाइएको छ ।
Powered by Blogger.