Header Ads

समाजसेवी हस्तराज दर्लामी मगरलाई युएईबाट बिदाई

लालबहादुर ढेंगा, दुबई । गएको ६ अप्रिल सोमबारका दिन दुबईको नेपाली रेष्टुरेण्टमा एउटा कार्यक्रमको आयोजना गरेर नेपाल मगर संघ युएईका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय मगर मंचका सदस्य हस्तराज दर्लामी मगरलाई युएईबाट बिदाई गरेको छ ।

युएईको रोजगार सकेर स्वदेश नेपाल फर्कने भएपछि उहांको कार्यलाई उच्च मूल्यांकन गर्दै सम्मानका साथ बिदाई गरेको हो । उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा नेपाल मगर संघ युएईका संरक्षक तथा पत्रकार लालबहादुर ढेंगा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ युएईका प्रथम उपाध्यक्ष राजु सिंजाली मगरले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा हस्तराज दर्लामी मगर, केन्द्रीय तथा क्षेत्रीय विभिन्न पदाधिकारीहरु अतिथि रहेको कार्यक्रमलाई महासचिव उपेन्द्र राना मगरले संचालन गर्नु भएको थियो ।

बैदेशिक रोजगारीको सिलसिलामा सन् २००२ ताका युएई छिरेका दर्लामी मगरले विभिन्न संघ संस्थाहरुमा आफ्नो सहभागिता जनाउदै नेपाल मगर संघ युएईलाई स्थापनाकालदेखि नै मलजल गर्दै महत्वपूर्ण भूमिकाहरु निर्वाह गर्दै आउनु भएका थिए । संघलाई अगाडि लैजानमा उहांको अहम भूमिका रहेको छ भने उहांले गरेको कार्यलाई नेपाल मगर संघ युएईले कहिल्यै भुल्न नसक्ने बताएका छन् । बिदाई गर्ने क्रममा प्रमुख अतिथिद्धारा सम्मान–पत्र दिएर सम्मानित गरिएको थियो भने कार्यक्रम अध्यक्षद्धारा मायाको चिनो प्रदान गर्नु भएको थियो । अन्य अतिथिहरुले क्रमश रुपमा खादा ओढाएर बिदाई गरेका थिए ।

 कतिपय पदाधिकारी, शुभचिन्तक र साथीहरु ड्यूटीका कारण उपस्थित हुन नपाएता पनि संदेशमार्फत उज्जवल भविश्यको कामना गर्दै बिदाई गरेका छन् ।  सो अवसमा उहांले दिएको योगदानलाई चर्चा गर्दै आगामी दिनका लागि उज्जवल भविश्यको शुभकामना दिदै मन्तव्य राख्नेहरुमा दिलीप रेश्मी मगर, दोलराज राना, कुम सारु मगर, खुमबहादुर आले, अशोक रामजाली मगर, लालबहादुर ढेंगा, राजु सिंजाली मगर रहेका थिए ।

आफ्नो मन्तव्यको क्रममा दर्लामी मगरले भावुक हुंदै आफु नेपाल गएता पनि यहां पाएको मायालाई बिर्सन नसक्ने बताए । नेपालमा रहेर पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जाहिर गरेका छन् ।
Powered by Blogger.