Header Ads

फिलिप ह्युजको सम्झनामा कीर्तिपुर मैदानमा मैत्रिपूर्ण खेल हुदै, ट्रफी सार्वजनिक

काठमाडौं, चैत २८ । फिलिप ह्यूजको संझनामा आज मैत्रिपूर्ण खेल त्रिभूवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा हुदै छ । फिलिप ह्यूजको संझनामा हुने मैत्रिपूर्ण खेलअघि त्रिभूवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा ट्रफी सार्वजनिक गरिएको छ ।

 नेपालका अनुभवी क्रिकेटर शक्ती गौचन र अस्ट्रेलियाका रायन कार्टर्स तथा पूर्व टेस्ट क्रिकेटर टिम एन्डरशनले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । नेपाल विरुद्ध हुने ६३ ओभरको क्रिकेट म्याच खेल्नका लागि अस्ट्रेलियाबाट खेलाडीहरु नेपाल आइसकेका छन् ।

 मैत्रिपूर्ण क्रिकेट खेलपछि फिलिप ह्यूजको जर्सी र ब्याटलाई नेपाली आरोही छुरिम शेर्पाले सगरमाथाको चुचुरोमा पु¥याउनेछिन् ।

आरोहणको मिति भने अझै तय भइसकेको छैन् । ह्यूजको यसअघि गत नोभेम्बर महिनामा अस्ट्रेलियामा घरेलु क्रिकेट खेल्दै गर्दा बलले लागेर निधन भएको थियो ।
Powered by Blogger.