Header Ads

सीप हुनेलाई मालामाल, तिब्र रुपमा चर्चा बटुल्दै ओम प्रसाई !


काठमाडौं, उद्धव तमाङ । बाथरुम सिंगरका रुपमा चिनिएका झापाका ओम प्रसाई इजराईलका लागि नया नाम भने पक्कै होइन । इजरायलमा ६ बर्ष केर गिभरको रुपमा कार्य गरि जन्मभूमि नेपाल फर्किएका ओम प्रसाई आफुलाई एउटा कुसल रास्ट्रिय गायकको रुपमा स्थापित पनि गराई सकेका छन ।
इजरायलमा रहदा नेपालबाट कलाकार झिकाएर नेपालीका चाडबाडहरुमा मनोरंजन गराउने र गायक तथा कलाकर्मीलाई देश विदेश घुमाउने र केहि आर्थिक सहयोग दिने काममा पनि इजरायलमा रहदा ओम प्रसाईको अब्बल योगदान रहेको छ ।
कार्येक्रमको सम्पूर्ण ब्यवस्थापन देखि म्युजिक सिस्टम बजाउने ,फिल्म देखाउने प्रोजेक्टर ओपेरटिंग देखि क्यामरा र एडिट सम्मको सुरुवात ओम प्रसाईले नै गरेका हुन् । फिल्म र सांगेतिक क्षेत्र संगै नेपालीहरुका बिहे भोजमा भिडियो खिच्ने र एडिट संगै नेपालीहरुको फोन ,कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सेवा सबैलाई सुलभ रुपमा प्रदान गर्दै आएका ओम प्रसाईले आफ्नो एकल एल्बम पर्खाईमा पनि बजारमा ल्याई सकेका छन् ।

इजरायलमा अन्तरास्ट्रिय कलाकार मंचको पनि स्थापना उनकै अध्क्षतामा भएको थियो भने इजरायलमा हुने म्युजिक भिडियो र टेलिसिरिएल निर्माणको काम पनि प्रसाई बाट नै भएको भन्ने कुरोमा कसैको दुई मत छैन ।

यसरी हरेक कुरामा अब्बल भएका ओम प्रसाई अहिले हालै नेपाल फर्केर एक्शन मिडिया ग्रुप प्रालि. नामको कम्पनि दर्ता समेत गरेर आफ्नै सांगेतिक मोफसलमा जमेका छन् । शिव परियार ,अन्जु पन्त ,राजेश पायल राई जस्ता चर्चित गायकहरुको म्युजिक भिडियो आफै छयांकन तथा एडिट गरिरहेको कुरा हर दिन युट्युबमा अपलोड हुने भिडियोहरुबाट पनि प्रस्टै छ ।
यसरी आफ्नै कम्पनी स्थापना गरि नाम र दाम कमाऊदै अघि बढेका प्रसाईले हालै आफ्नो स्वरमा नया नया गीतहरु अर्को अल्बमका लागि रेकर्ड पनि गराउदै छन्, हालै उनले रेकर्ड गराउदै गरेको गीतको प्रोमो यहा राखिएको छ ।

धेरै विदेश बस्ने हैन केहि आर्थिक श्रोत छ भने विदेश नजादा पनि हुने कुरो ओम बताउछन् । थोरै दिमाग लगाएर कुनै आफुमा भएको सीपको सदुपयोग गर्ने हो भने देशमै महिनाको १ लाख कमाउन आरामले सकिन्छ र अर्काको देशमा हाड घोटाउनु नपर्ने कुरा ओमले प्रस्ट पार्दै युवा पिढी लाई विदेशको आईडीको मोह छाडेर देशमै फर्केर केहि गर्न सम्पूर्ण विदेश बासी नेपाली लाई सुझाब पनि दिन पछी परेनन्, एक भेटमा न्यूज अभियानलाई बताए ।

ओम बिबाहित हुन् भने एक छोरीको बाबु पनि हुन् । यसरी नै सफलताको सिखरमा पाईला अघि बढ्दै जाउन हामी न्यूज अभियान डट कम् परिवारका तर्फबाट सुभकामना ओम प्रसाईलाई !-स्रोत/साभार/न्यूजअभियान डट कमबाट
Powered by Blogger.