Header Ads

बुस्केटलाई घाँसले हान्दा ओरेनालालाई रातो कार्ड

काठमाडौं, चैत २३ । बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टाभिगोलाई पराजित गर्दै ४ अंकको अग्रता कायमै राखेको छ ।खेलका क्रममा अनौठो घटना भएको छ ।

बार्सिलोनाका सर्जिओ बुस्केटलाई घाँसले हानेपछि फेबिनन ओरेनालाले रातो कार्ड पाएका छन् ।आइतबार राति भएको खेलमा बार्सिलोनाका लागि म्याथुले विजयी गोल गरेका थिए । उनले ७३ औं मिनेटमा जाभीको क्रसमा उनले हेड गोल गरेका हुन् ।खेलेका ८६ औं मिनेटमा बार्सिलोनाले फ्रि किक पायो ।

बुस्केट फ्रिकिक हान्न तयारी गरिरहेको बेला धेरै समय लगाएको ओरेनालाले मैदानबाट घाँस टिपेर हाने । जसले उनको अनुहार र घाँटीमा लागेको थियो । रेफ्रीले उनलाई रातो कार्ड दिए ।१० खेलाडीमा सिमित भएपछि पनि बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेको पूर्व क्लब सेल्टाभिगोले केही दबाव दिएको थियो ।

 तर, गोल गर्न सकेन र बार्सिलोना १–० को संघर्षपूर्ण जित जिकाल्न सफल भयो ।जितपछि बार्सिलोनाको २९ खेलबाट ७१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ६७ अंक छ ।
Powered by Blogger.