Header Ads

‘आन्दोलन छाडे नयाँ प्रस्ताव’

काठमाडौं,चैत २३ । एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालासँग नौबुँदे अवधारणाको संशोधनसहितको वैकल्पिक प्रस्ताव माग गरेका छन् ।

आइतबार साँझ अनौपचारिक छलफलका लागि बालुवाटार पुगेका प्रचण्डले यसअघि संवाद समितिमा संविधानबारेमा कांग्रेस–एमालेले प्रस्तुत गरेको नौबुँदे साझा अवधारणामा संशोधन माग गरेका हुन् ।

अघिल्लो साता दुई नेताबीच भएको बैठकमा प्रधानमन्त्रीले साझा अवधारणा परिमार्जन गर्ने प्रतिवद्दता जनाएको दाबी एमाओवादी पक्षले गर्दै आएको छ ।

आइतबार करिब ४५ मिनेटको वार्तामा कोइरालाले आन्दोलन छाडेर वार्तामा आउन प्रचण्डलाई पटकपटक आग्रह गरे ।

संघीयता,शासकीय स्वरुपलगायतमा प्रचण्डले कांग्रेस–एमालेको संशोधन प्रस्ताव खोजेपछि प्रधानमन्त्रीले आन्दोलन रोके यी विषयमा छलफल गर्न सकिने बताएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.