Header Ads

आइट्युन्समा रिहानाको धमाल - फोटो फिचरसहित

एजेन्सी । चर्चित गायिका रिहानाको नयाँ गीत आइट्युन्स चार्टमा सबैभन्दा माथि पुगेको छ। डिजिटल स्पाईले दिएको जानकारीअनुसार रिहानाले आइट्युन्समा आफ्नो नयाँ गीत ‘बेटर हैभ माय मनी…’ हालै रिलिज गरेकी थिइन् । अहिलेसम्म यो गीत आइट्युन्सको लोकप्रिय गीतको शीर्षस्थानमा पुगेको छ।
अमेरिकी स्टोरमा नम्बर १ मा छ । जबकि बेलायतमा यो चार नम्बरमा छ । यही गीत ब्राजिल, फ्रान्स र दक्षिण अफ्रिकामा पनि शीर्षस्थानमै छ।

हालै लस एन्जल्समा आयोजित ‘आई हार्ट रेडियो म्युजिक अवार्ड समारोहमा रिहानाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । समारोहमा रिहानाले आफ्नो बेस्ट गीतहरु प्रस्तुत गरिकी थिइन् ।

Powered by Blogger.