Header Ads

यस्तो रहेछ सनी लियोनको मर्लिन अवतार - भिडियोसहित

एजेन्सी । आठ मेमा सनी लियोनको एउटा चलचित्र लिरिज हुँदैछ । नाम हो –कुछ कुछ लोचा है । यो चलचित्रमा सनी लियोनको एउटा लुक मर्लिन मुनरोबाट प्रेरित छ । स्वमय सनी पनि मर्लिनको ठुलै प्रशंसक हुन् । जब सनीलाई मर्लिन लुकका बारेमा बताइयो तब उनी निकै खुस भइन् ।

यो लुकलाई न्याय गर्न उनले निकै मेहनत पनि गरिन् । चलचित्र निर्देशक देवांग ढोलकिया भन्छन्–सनी ग्ल्यामर्स पनि छन् र भर्सेटाइल पनि । उनलाई कुनै पनि लुक दिनुस उनी कमाल गर्छिन् । मर्लिन मुनरोलाई मोस्ट ब्युटिफूल नायिकाका रुपमा स्मरण गरिन्छ । उनको यो लुक कल्ट क्लासिक हो ।

हामीले यसका लागि धेरै मेहनत गरेका छौ । किनभने मर्लिनको यो लुक आज पनि याद गरिन्छ । सनीले यो पूरै परफेक्शनका साथ गरेर देखाएकी छन् । उनी ब्युटीफूल, ग्ल्यामर्स र सेक्सुअल देखिएकी छन् । कुछ कुछ लोचा है मा सनी शनाया नामक अभिनेत्रीको भूमिकामा छिन् । र, मर्लिनको लुक उनका कयौ लुक्समध्ये हो जुन उनले आफ्नो भूमिकाका लागि गरेकी छन् । चलचित्रमा राम कपुर पनि छन् ।

 हालै चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो । जसलाई खुब रुचाइएको छ। यो एउटा यस्तो ४५ वर्षीय पुरुषको कथा हो जो श्रीमतीसँग डराउँछ र सनीप्रति आशक्त हुन्छ । त्यसो त अधिकांश भारतीय पुरुषको अवस्था यही रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
Powered by Blogger.