Header Ads

ईपीएस परीक्षाका लागि वैशाख ३ देखि आवेदन

काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि सन् २०१६ मा दक्षिण कोरिया जान ईपीएस कोरिया शाखाले आवेदन आव्हान गरेको छ। ईपीएस कोरिया शाखाका अनुसार आवेदन फारम आगामी वैशाख ३ देखि ६ गतेसम्म बुझाउन पाइनेछ।

प्रत्येक दिन बिहान ८ देखि साँझ ५ बजेसम्म फारम बुझाउन पाउने व्यवस्था ईपीएस शाखाले गरेको हो। आवेदन दिन १८ वर्ष उमेर पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। काठमाडौं उपत्यकामा नेपाल वेद विद्याश्रम संस्कृत मावि, गौशाला, काठमाडौं भ्याली उच्च मावि, महाराजगन्ज, ल्याबरोटरी उच्च मावि, कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम र च्यासल फुटबल खेलमैदान, बालकुमारी तोकिएको छ।

यसैगरी, उपत्यकाबाहिर धरान, जनकपुर, बुटवल, पोखरा र डडेलधुराबाट आवेदन फारम भर्न सकिनेछ। फारम नि:शुल्क पाइनेछ। आवेदन फारम बुझाउँदा २४ अमेरिकी डलर (करिब २४ सय नेपाली रुपैयाँ) तिर्नुपर्ने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

आगामी वर्ष कोरियाले करिब सात हजार एक सय जना नेपाली कामदार लैजाने तयारी गरेको छ। उत्पादनमूलक क्षेत्रमा चार हजार नौ सय र कृषि तथा पशुपालनमा दुई हजार दुई सय जनाले अवसर पाउने अनुमान छ।
Powered by Blogger.