Header Ads

प्रचण्डका छोरी र ज्वाईं एकाबिहानै काठमाण्डौबाट पक्राउ, बन्दकर्तामाथि प्रहरी दमन

काठमाण्डौ, चैत २४ । प्रहरीले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल र ज्वाईं सागर केसीसहित आधा दर्जन बन्दकर्तालाई काठमाण्डौबाट पक्राउ गरेको छ ।

तीन दिने आमहड्तालको पहिलो दिन बन्द गराउन सडकमा उत्रिएलगत्तै उनीहरु बिहान ६ बजे बानेश्वरबाट पक्राउ परेका हुन् । पक्राउ परेकालाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।

त्यस क्रममा बन्दकर्ता र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । झडपमा केही बन्दकर्ता घाइते भएका छन् । सडकमा बन्दकर्ताको उपस्थिति न्युन छ ।

सर्वोच्च अदालतले युद्धकालिन मुद्धा नियममित अदालतले हेर्ने आशयको फैसला गरेको भन्दै एमाओवादीसहित माओवादी धारण ६ दलले तीन दिने आमहड्ताल आह्वान गरेका हुन् ।
Powered by Blogger.