Header Ads

आजबाट नयाँ बर्ष आरम्भ, आम नेपालीको भाबना देशले के आश गर्ने ?

काठमाडौं, बैशाख १ । आज २०७२ सालको पहिलो दिन अर्थात नयाँ वर्षको आरम्भ । यो वर्ष संक्रमणकालिन राजनीतिक जटिलताको अन्त्य भई मुलुकले स्थिरता र विकासको बाटो पहिल्याउने आशा गरिएको छ । आज नयाँ आशा र उत्साहकासाथ वर्ष २०७२ को स्वागत गरिदैछ ।

विगतका अनगिन्ती मतभेद र द्धन्द्धका श्रीखंलाहरुलाई विर्सदै दलहरुले २०७२ सालको सुखद् सुरुवात गर्ने अपेक्षा गरिएको छ । नयाँ वर्षमा वर्ष दलहरुले नयाँ संविधान दिएर मुलुकलाई सही बाटोमा अग्रसर बनाउन सफल हुने अपेक्षा गरिएको छ । नयाँ वर्ष २०७२ हामी सबैका निम्ति सुखद् र सफल रहोस् तपाइहरु सबैमा हार्दिक शुभकामना ।

यसैबीच राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला लगायतले नयाँ वर्ष २०७२ को शुभकामना दिँदै यो वर्ष जनताले संविधान पाउने स्थिति निर्माण गर्न अपिल गरेका छन् । यादवले नयाँ वर्षसँगै नयाँ लोकतान्त्रिक संविधान जारी भई मुलुकमा राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक सद्भाव कायम हुन सकोस् भनेका छन् ।

यस्तै प्रधानमन्त्री कोइरालाले आन्दोलन र संघर्षका कार्यक्रम बन्द गरी संविधान निर्माणमा जुट्न विपक्षीलाई आग्रह गरेका छन् । उनले आफ्नो शुभकामना सन्देशमा राजनीतिक दल, नागरिक समाज, आमनागरिकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत अपिल गरेका छन् ।
Powered by Blogger.