Header Ads

एउटा छुट्टै गाउँः जहाँ कर्मचारीदेखि कलाकारसम्म होचापुड्का छन्

एजेन्सी । चीनमा एउटा यस्तो पार्क निर्माण गरिएको छ जहाँ केबल होचापुठडका मात्र छन् । ‘किङ्गडम अफ लिटिल पिपुल’ नामक यो पार्क पर्यटकका लागि विशेष आकर्षण बनेको छ। होचापुड्काहरुलाई रोजगारी उपलव्ध गराउने उद्देश्यले यो पार्क सन् २००९ मा निर्माण गरिएको हो ।

चीनमा अन्धविश्वासका कारण यस्ता नागरिकलाई आमरुपमा अलगथलग रहन बाध्य पारिन्छ । यद्यपि पार्कको यो विचारलाई केहीले पार्कका कर्मचारीहरुलाई समाजबाट अलग गरेको भन्दै अलोचना पनि गरेका छन् । पार्कमा गार्ड मध्ययुगीन पोशाक र प्लास्टिकको कवजमा तैनाथ गरिएको छ। पार्कमा फायर सर्भिस, प्रहरी, संसाद र लोकतान्त्रिक ढंगले चुनिएको छ। जसले डान्स वा अन्य कला प्रस्तुत गर्न सक्दैनन् उनीहरुलाई सुरक्षा, हस्तशिल्प, क्याटरिङ वा सरसफाईमा रोजगारी दिइएको छ।

छिमेकी सहर कुनमिङ्गभन्दा यो पार्क बढी व्यवस्थित छ । कुनमिङ्ग सहरको विकासको तुलनामा यस उपलव्ध सुविधा भने निकै कम छ। यहाँ कलाकारहरुको विशेष परेड हुन्छ, जसमा कलाकार राजाका इर्दगिर्द हुन्छन् । यहाँ उनीहरुलाई मात्र बस्ने अनुमति छ, जसको लम्बाई निश्चि रुपमा कम छ । यहाँ आउने पर्यटकहरुमा अधिकांश चिनियाँ नागरिक नै हुने गर्दछन् । पर्यटकहरुले कलाकारको तस्वीर लिएर उनीहरुको उत्साह बढाउने गर्दछन्। एक कालाकार वेट लिफ्टिङ शोमा आफूभन्दा ठुलो भार उठाउँछन् ।

यो शोमा ठुलो भिड जुट्ने गर्दछ । यहाँ बस्ने होचापुड्काहरु निकै खुसी र सन्तुष्ट देखिन्छन् । किनभने चीनका अधिकांश सहरमा होचापुड्काहरुले आफूजस्तै साथी पाउन सक्दैनन् । यहाँ उनीहरुलाई भाषा सिकाइन्छ । फिट हुने कपडा उपलव्ध गराइन्छ र उचित पारिश्रमिकसमेत दिइन्छ । बीबीसी सम्वाददाताले एक प्रस्तुतकर्ता शिआओ शिआओसँग भेट गरे । उनको नामको अर्थ हो–सानो सानो । उनको यहाँ एक ब्वाइफ्रेण्ड पनि छन् । जसका साथ उनी निकै सुख छिन् । उनी भन्छिन्–यहाँ रहेका २०० जनामध्ये केही गए । किनभने उनीहरुलाई घरको यादले सताइरहेको थियो । उनले भनिन्–म पहिला एउटा बारमा गाउँथे ।

तर, त्यहाँ मानिसहरु ममाथि ड्रिङ्ग फयाँक्थे । तर, मानिसहरु शालीनतासँग प्रशंसा गर्छन् र फूल फ्याँक्छन् । अन्य एक महिलाले भनिन्–फलाम पगाल्ने एउटा कारखानाको खतरनाक जागिर छोडेर म यहाँ आएकी हुँ । अन्य मुलुकमा जस्तै चीनमा पनि होचापुड्काका लागि रोजगारीको अवसर कमै प्राप्त हुन्छ । जो यहाँ रहन्छ उनीहरुका लागि एउटा ठुलो कारण प्रेम पनि हो ।

बाहिर यस्ता नागरिकले साथी पाउन निकै संघर्ष गर्नुपर्ने हुन्छ । तर यहाँ कयौको विवाह भएको छ र सबै खुस छन् । यहाँका घरमा ताला लगाइन्न किनभने यहाँ अपराध हुँदैन । विवाह वा अन्य कुनै विवाद मिलाउनका लागि समिति पनि गठन गरिएको छ। एजेन्सी
Powered by Blogger.