Header Ads

‘डेन्जरस फेसबुक’मा थपिए नेपाली कलाकार ! को कोले खेल्ने भए त बलिउडमा थाहा पाउनुहोस् !

काठमाडौं । बलिउड अभिनेत्री मुग्धा गोड्से र अभिनेता रुस्लान मुम्ताज अभिनित ‘डेन्जरस फेसबुक’ नामक बलिउड चलचित्रको रोकिएको सुटिङ नेपालमा फेरी सुरु हुने भएको छ ।

 केहि प्राविधिक कारणले रोकिएको उक्त चलचित्रको छायांकन नेपालमानै केहि दिन भित्रमा सुरु हुने बताइएको छ । गत माघमा बौद्धस्तुपाबाट सुरु भएको यस चलचित्रमा अब नेपाली कलाकारहरुले पनि अभिनय गर्ने भएका छन् ।

 नेपाली कलाकार अनु शाह, सुष्मा कार्की, रवि गिरी, राजाराम पौडेल र रवि शर्मालगायतका कलाकारहरुले अब ‘डेन्जरस फेसबुक’मा अभिनय गर्ने नेपालबाट प्रोडक्सन हेरिरहेका सुवासराज काफ्लेले जानकारी दिए ।

 यसअघि मुम्बई र मरिससमा हुने भनिएको सम्पूर्ण सुटिङ नेपालमा हुने भएपछि चलचित्रमा नेपाली कलाकार थपिएको हुन्। नेपालका दर्जन चलचित्र निर्देशन गरिसकेका सानु शाक्यले यो चलचित्र निर्देशन गरिरहेका छन्।
चलचित्रमा सञ्जय लामाको छायांकन रहेको छ भने कथा शिवम अधिकारीले लेखेका छन्। नेपाली चलचित्रका लोकप्रिय नृत्यनिर्देशक कविराज गहतराजले कोरियोग्राफीको जिम्मा लिएका छन्।

चलचित्रमा जुफी र सहजाद रोशनले संगीत दिएका छन् ।
Powered by Blogger.