Header Ads

नुहाउने साबुन नदिएको भन्दै श्रीमतीको घाँटी रेटेर हत्या

परासी, वैशाख २ । नवलपरासी अर्खला गाविस ९ का हुमबहादुर विकले नुहाउने साबुन नपाएको रीसको झोकमा पत्नीको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। हुमबहादुरले आफूभन्दा पहिला पत्नीले नुहाउने साबुन लिएर गएको निहुँमा हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार आफू पनि नुहाउन जाने बताइरहँदा पत्नीले भन्दै नभनी साबुन लिएर गएपछि पछ्याउँदै गएका हुमबहादुरले २१ वर्षीय पत्नीलाई पँधेरानजिक हँसियाले घाँटी रेटेर हत्या गरेको बयान दिएका छन्।

हत्यापछि फरार रहेका हुमबहादुरलाई प्रहरीले तनहुँ र नवलपरासीको सीमा नाकाबाट पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ। पक्राउ परेका हुमबहादुरले यसअघि पनि पत्नीले कुनै पनि काम गर्दा आफूसँग सल्लाह नगर्ने र अटेरी गर्दै आएको बयानमा उल्लेख छ।

मृतक रीताको माइती तनहुँको भिरकोट-१ हो। उनीहरूको डेढ वर्षअघि मात्र विवाह भएको थियो। घाँटी र शरीर छुट्टिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहीबार भएको घटना मंगलबार सार्वजनिक भएको हो। अन्नपूर्ण पोस्टमा खबर छ ।
Powered by Blogger.