Header Ads

तनावमा गौर ,भारतीय भूमिबाट गोली प्रहार : नेपाली भूमितर्फ लक्षित गरेर निरन्तर गोली

गौर । गौरमा आन्दोलन चर्किरहेका बेला भारतीय पक्षबाट आन्दोलनलाई समर्थन गर्दै हवाइ फायर भएपछि अहिले गौरमा एकदमै तनाव भएको छ । नेपाल भारतबीचको दसगजा क्षेत्रमा पर्ने पुनर्वासा र नवरत्‍नस्थित बाँसघारीबाट नेपाली भूमितर्फ लक्षित गरेर निरन्तर गोली तथा बम प्रहार भइरहे पछि यस्तो स्थिती भएको हो ।
दुई सयजनाको संख्यामा रहेका भारतीयबाट सिमा सुरक्षाको जिम्मा लिएको सशस्त्र क्याम्प र प्रहरी पोस्ट्लाई लक्षित गरेर फायर गरिएको छ।स्थानीयहरु त्रास मा छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतीय पक्षसँग समन्वय गरेर स्थितिलाई सामान्य बनाउने प्रयास भइरहेको बताए।

 यसअघि गौरमा आन्दोलनकारीले शसस्त्र प्रहरीको बेलबिछुवा बेस क्याम्पमा आक्रमण गरेका थिए। आन्दोलनकारी बेस क्याम्पमा पेट्रोल बम प्रहार गरेपछि आगो लागेको थियो। आगजनीलाई तत्काल नियन्त्रणमा लिएको र अहिले आन्दोलनकारी त्यहाँबाट भागिसकेको रौतहटका शसस्त्र प्रहरी प्रमुख एसपी बिदुर खड्काले बताए।

सशस्त्र क्याम्पमा घेराउ र आक्रमणको प्रयासपछिको भिडन्तमा एघारजना घाइते भएका थिए। आन्दोलनकारीले क्याम्प आसपासको संरचना तोडफोड गरेका छन्। गौरका एक स्थानीयको घाँटी रेटेर हत्या भएको सूचना बाहिर आएपछि गौर आन्दोलनले झन् भड्किएको हो । गौर बजार आज पनि बिहानैदेखि पूर्ण रुपमा बन्द छ। आन्दोलनकारीले वृहत् जुलुस निकालेका छन् ।-न्युजअभियान डट कमबाट
Powered by Blogger.