Header Ads

उपत्यका सुनसान विहानै देखी विभिन्न ठाउँमा तोडफोड

काठमाण्डौ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको देशभर गरेको आमहड्तालका कारण जनजिवन प्रभावित भएको छ ।

मोर्चाले पहिचान र संघीय पहिचान र अधिकार सहितको सङ्घीय संविधान निर्माण गर्नुपर्ने, आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्नुपर्ने, सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक–समावेशी प्रतिनिधित्व लगायतका आन्दोलनका उपलब्धिहरू संस्थागत गराउनुपर्ने लगायतका १५ बुँदे माग राखेर पर्सिसम्म आमहड्ताल बन्द आब्हान गरेको छ ।

 यसैबीच बन्दका क्रममा बन्दकर्ताले कोटेश्वर बालकुमारीमा एकाबिहान पार्किङ गरिराखेको बा १ ज १८७७ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन्। यसैविच विभिन्न ठाउँहरुबाट प्रर्दशनमा लागेका व्यक्तिहरुलाई पनि गिरफ्तार गर्ने क्रम जारि रहेको छ ।
Powered by Blogger.