Header Ads

रेशम फिलिली ट्रेलर : तीन दिनमा ६५ हजार बढीले हेरे - भिडियो सहित

काठमाण्डौं । आउँदो वैशाख ११ गते देखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रेशम फिलिली’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । तीन मिनेट पाँच सेकेण्डको सार्वजनिक ट्रेलरमा हास्ययुक्त संवाद र दृश्य सुन्न र हेर्न सकिन्छ ।

गएको शुक्रबार रिलिज गरिएको ‘रेशम फिलिली’ को ट्रेलर लाई ६५ हजारभन्दा बढीले भिजिट गरेका छन् भने ‘जालमा’ गीतलाई १८ लाखभन्दा बढीले सुनेका छन् । प्रनव जोशी निर्देशित फिल्म ‘रेशम फिलिली’ को सार्वजनिक प्रोमोमा विनय श्रेष्ठ,कामेश्वर चौराशिया, मेनुका प्रधान, अरुण रेग्मी लगायत प्रस्तुत छन् ।

फिल्ममा नायक कर्मको पनि अभिनय रहेको छ । भि मोसन पिक्चर्स र प्रिन्सेस मुभिजको ब्यानरमा माधव वाग्लेले यो फिल्म निर्माण गरेका हुन् । ‘रेशम फिलिली’ मा समावेश ‘जालमा’ बोलको गीत सर्वाधिक हिट भएपछि यो फिल्म प्रतिक्षित बनेको छ ।

 ‘डन्ट टच माइ मिल्क’ जस्ता रमाइला संवाद र दृश्ययुक्त ‘रेशम फिलिली’ को ट्रेलर हेर्न तल हेर्नुस् :रंग खबर !
Powered by Blogger.