Header Ads

केसीको अनसन छैटौं दिनमा, टिचिङको ओपिडी सेवा बन्द, आन्दोलन चर्काउन निर्णय

काठमाडौं, चैत्र १३ । मेडिकल माफियाविरुद्ध अनसनरत डाक्टर गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै चिकित्सकहरुले शिक्षण अस्पताल महारागञ्जको ओपिडी सेवा बन्द गरेका छन्। डा. केसी अनशन बसेको छैटौं दिनसम्म पनि सरकारले कुनै चासो नदेखाएपछि शिक्षण अस्पताल, महाराजगन्जका रेजिडेन्ट डाक्टरले बृहत भेलाले ओपिडी सेवा बन्द सहित आन्दोलन चर्काउन निर्णय लिएको हो।

 भेलामा शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति, प्रसूति गृह, गंगालाललगायत प्रमुख अस्पतालमा कार्यरत रेजिडेन्ट, चिकित्सक संघका प्रतिनिधि, चिकित्सक प्राध्यापक संघ, फ्याकल्टी डक्टर्स लगायतका प्रतिनिधि सामेल थिए। उपस्थित चिकित्सकहरूले आन्दोलनको नेतृत्व लिन चिकित्सक संघलाई आग्रह गरेको छ।

 'सबै अस्पतालको रेजिडेन्ट सेवा क्रमशः रोक्दै दवाब बढाउँदै लाने निर्णय भएको छ,' आइओएम रेजिडेन्टका महासचिव डा. नर्मल लामिछानेले नागरिकन्युजसँग भने। उनका अनुसार आइओएम रेजिडेन्टहरूले आजदेखि ओपिडी सेवामा सहभागी नहुने निर्णय गरेका हुन्।

आइओएमका विद्यार्थीले बुधबारदेखि नै पठनपाठन रोकेका छन्। यसअघि अन्डरग्राजुएट विद्यार्थीले बिहीबार बिहानै आँखामा कालोपट्टी बाँधेर सांकेतिक जुलुस र साँझ डा. केसीको समर्थनमा मैनबत्ती बालेका थिए। भेलामा आइओएमका फ्याकल्टी डक्टर्सले 'रेजिडेन्टले छाडेपछि चाहेर पनि सेवा निरन्तरता दिन नसक्ने' बताए। फ्लोर ओपिडीको काम सिनियरहरुको अब्जरवेसनमा रेजिटेन्सहरुले गर्ने हुँदा टिचिङ अस्पतालको डिपीडी सेवा बन्द सरह छ ।-स्रोत/नागरिक न्यूज बाट साभार !
Powered by Blogger.