Header Ads

नेपाल तामाङ समाज घेदुङ इजरायलको अधिवेशन अप्रिलमा हुँदै

इजरायल, दीप्मा तामाङ । नेपाल तामाङ समाज घेदुङ इजरायलका अध्यक्ष श्रीमती उर्मिला पाख्रिन तामाङको अध्यक्षतामा १८ फेब्रुअरी २०१५ का दिन बसेको १३ औ स्काईप ग्रुप कल कन्फेरेन्स बैठक मार्फत संस्थाको अधिवेशन १७ अप्रिल २०१५ मा गर्ने निर्णय गरेको छ ।

संगठन बिस्तार अर्थात् इजरायलवासी तामाङ समुदायहरुलाई सदस्य वितरणको लागि संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरु सक्रिय भई आ-आफ्नो इलाका, क्षेत्रमा बसोबास गर्नु हुने सबैलाई सदस्यता बनाउने कार्यलाई तिब्र पार्ने निर्णय गरेको छ । यसैगरी सदस्य बनाउने कार्यमा थप सहयोग पुर्याउन संस्थाका सल्लाहकारज्यूहरुलाई आग्रह समेत गरेको छ । संस्थाको सदस्य शुल्क बापत २० सेकेल तोकिएको छ भने इजरायलवासी सम्पर्ण तामाङ ज्यो ज्यो आले तथा नाना आङहरुलाई संस्थाको सदस्यता लिनु हुना सबैलाई हार्दिक आव्हानको साथ अनुरोध गरेको छ ।

संस्थाको बिधान निर्माणको लागि महासचिबको संयोजकतामा अध्यक्ष उर्मिला पाख्रिन तामाङ, महासचिव दिप्मा तामाङ, सल्लाहकारहरु बी बी लामा तामाङ , सुन्दर सिंह लामा तामाङ , जीवन लामा तामाङ , चन्द्रमाया बम्जन तामाङ , दल बहादुर लोप्चन तामाङ र सलाम सिंह लामा तामाङ रहेको ८ सदस्यीय बिधान निर्माण समिति गठन गरेको छ ।

यसैगरी अन्तराष्ट्रिय तामाङ परिषद मार्फत सो संस्थामा आवाद्ध हुनाको लागि नेपालबाट नेपाल तामाङ समाज घेदुङ इजरायललाई पठाएको अर्थात् प्राप्त भएको पत्र अनुसार अन्तराष्ट्रिय तामाङ परिषदमा आवाद्ध हुनाको लागि प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ । स्मरण रहोस 'नेपाल तामाङ समाज घेदुङ इजरायल' यस अघि नै विधिगत रुपमा 'नेपाल तामाङ घेदुङ (केन्द्र) संग आवाद्ध भईसकेको छ ।

बैठकमा संस्थाका पदाधिकारी सदस्यज्युहरुको साथमा सल्लाहकारज्युहरुको उपस्थित रहेको थियो । इजरायलमा रहेका सम्पूर्ण तामाङ जोजो -आले ,नाना-अंगाहरुलाई यस अदिवेशनमा उपस्तिथी भइ आफ्नु अमुल्य सहभागिता जनाई दिनु हुन् हार्दिक बिनम्र अनुरोध साथै अपिल /अव्वाहन गर्दछ /गर्दछौ ।

मिति -१७ अप्रिल २०१५
समय -६ बजे साँझ
स्थान -चिल्ड्रेन पार्क (बस स्टेसन नजिक तेलाभिब )
दीप्मा तामाङ
(महासचिब )
नेपाल तामाङ समाज घेदुंग इजरायल |
Powered by Blogger.