Header Ads

अव फेसबुकमा च्याट गर्दा यस्तो पनि सुबिधा !

सबै भन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्नो च्याट सुविधाका लागि निर्माण गरेको मेसेन्जरमा एप प्लेटफर्म परिवर्तन गर्ने भएको छ । बुधबार फेसबुकले अव फेसबुक मेसेन्जरमा थर्डपार्टी एप्लिकेशन थपिने छ । यसका कारण च्याट गर्न लगायतका सबै सुविधा अझै सहज हुने फेसबुकले जनाएको छ ।

 फेसबुकका अनुसार शुरुवातमा मेसेन्जरमा ४० एप्लिकेशन थपिनेछन् जसले फोटो, भिडियो, अडियो क्लिप्स लगायतका कुरा शेयर गर्न सक्नेछन् । यी सबै एप्लिकेशन गुगल प्लेबाट उपलब्ध हुने पनि फेसबुकले जनाएको छ । मेसेन्जर प्लेटफर्मलाई नयाँ तरिकाले प्रस्तुत गर्दा अहिले प्रयोग गरिररहेका प्रयोकर्तालाई फाइल शेयरिङमा झनै सजिलो हुने बताइएको छ ।

  फेसबुकबाटै ब्यापार ब्यवसाय
 च्याटमात्र गर्नेहरुलाई ब्यवसायिक समेत बनाउन फेसबुकले मेसेन्जरलाई विजिनेश फोरमकोरुपमा विकाश गर्न खोजेको बताएको छ । अव यो प्लेटफर्ममा मानिसहरुले फेसबुकबाटै पैसा पठाउने लगायतका क्रियाकलाप गर्न सक्छन् ।

फेसबुक चलाएर समय नष्ट भयो भन्नेहरुलाई तान्नका लागि फेसबुकले ब्यापारिक काइदा निकालेको हो । अव फेसबुक मेसेन्जरबाटै सामानहरु अर्डर गर्न र पैसा तिर्न सक्ने समेत सुविधा हुनेछ । फेसबुकले छिट्टै लन्च गर्ने तयारी गरेको छ ।
Powered by Blogger.