भारतीय सेनालाई एअरपोर्टमा ‘इक्सरसाइज’: सीपी गजुरेल
काठमाडौ, फागुन २२ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले काठमाडौको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्की विमान उठाउन भारतको वायु सेनाको विमान ल्याएर भारतीय सेनालाई नेपाली एअरपोर्टमा ‘इक्सरसाइज’ गराइरहेको बताएका छन् ।
‘भारतीय सेनाले नेपाली सेनालाई परिचालन गर्ने’ बताउँदै उनले नेपालको राष्ट्रियताको प्रशंग उठाएर भने, ‘यस प्रकरणमा राजनैतिक क्षेत्र मात्र नभई अरु क्षेत्रमा पनि गैडाको छालाजस्तो भई सकेको देखियो ।’
मार्क्सवादी सौन्दर्यशास्त्री डा. ऋषिराज बरालद्धारा प्रकाशित ‘बर्की नम्बर १३९९९’ का सन्दर्भमा दि नेक्स्ट फ्रन्ट र संवाद डवलीले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा उनले क्रान्तिका महानायकले गति छाडी दिदा क्रान्तिको पराजय भएको र सोको अभिब्यक्ति सबैतिर निरासा, पलायन तथा कुण्ठा देखिन थालेको बताए । तर उनले त्यसको कारण पत्ता लगाउन जरुरी भएको बताउँदै भने, ‘अब क्रान्ति कस्ले विर्सजन ग¥यो भनेर गाली गरेर पनि नपुग्ने भएकाले त्यसबाट शिक्षा लिएर क्रान्तिको बाँकी कार्यभार पुरा गर्नुपर्दछ ।’ उनले आफुहरुले गर्न चाहेको प्रयोग अहिल्यै सही सावित हुन नसके पनि त्यस्तो प्रयोग निरन्तर गर्दै गए जनताले साथ दिने विश्वास पनि ब्यक्त गरे ।
मार्क्सवादी सौन्दर्यशास्त्री डा. ऋषिराज बरालद्धारा प्रकाशित ‘बर्की नम्बर १३९९९’ का सन्दर्भमा दि नेक्स्ट फ्रन्ट र संवाद डवलीले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा उनले क्रान्तिका महानायकले गति छाडी दिदा क्रान्तिको पराजय भएको र सोको अभिब्यक्ति सबैतिर निरासा, पलायन तथा कुण्ठा देखिन थालेको बताए । तर उनले त्यसको कारण पत्ता लगाउन जरुरी भएको बताउँदै भने, ‘अब क्रान्ति कस्ले विर्सजन ग¥यो भनेर गाली गरेर पनि नपुग्ने भएकाले त्यसबाट शिक्षा लिएर क्रान्तिको बाँकी कार्यभार पुरा गर्नुपर्दछ ।’ उनले आफुहरुले गर्न चाहेको प्रयोग अहिल्यै सही सावित हुन नसके पनि त्यस्तो प्रयोग निरन्तर गर्दै गए जनताले साथ दिने विश्वास पनि ब्यक्त गरे ।

‘जनता हाम्रो परिभाषामा भगवान हुन्, उनीहरुले एक पटक पत्याएका थिए, हाम्रा कारणले नपत्याउने भए पनि पुनः ब्यवहारद्धारा पुष्टि गराउन चाहन्छौ’ उनले अगाडि भने, ‘हामी सामन्तवाद र साम्राज्यवादी पहाडरुपी शत्रुलाई पन्छाउन चिनियाँ कथाको बुढो मुर्ख मान्छे हुन परेको छ ।’ उनले नेपालमा सबैलाई मान्य संविधान लेख्नलाई अधिकार सम्पन्न राजनैतिक सभाको आयोजना गर्नुपर्ने दावी पुनः गरे । नेता गजुरेलका अनुसार, त्यसो नगरे अन्तर्राष्ट्रिय केन्द्र वा सिंहदरवारबाट र सडकबाट गरी दुईवटा संविधान जारी हुनेछ । ‘प्रतिरोध’ कथा संग्रहका कथाकार समेत रहेका नेता गजुरेलले अहिले समय फेरिएकाले त्यही रुपमा साहित्य र कला क्षेत्रका योद्धाहरुले राज्यसत्तामा अराजकता सिर्जना गर्नुपर्ने र क्रान्तिकारीहरुको बीचमा धैर्यता देखाउने बेला आएको बताए ।
उनको तर्क छ, अर्को राजनैतिक आन्दोलन अनिवार्य भईसकेको छ, त्यसलाई डा. ऋषिराज बरालका कथाहरुले प्रेरित गर्ने विश्वास गरिएको छ । समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘आत्मको अन्तराल’ नामक कथा २०४२ सालमा जागृति पत्रिकामा प्रकाशित भएदेखि बर्की नम्बर १३९९९ सम्मका कथामा डा. बराल माक्र्सवादी दृष्टिकोणकासाथ आफ्ना रचनाहरुमा प्रस्तुत भएको बताए । ‘बरालका पछिल्ला कृतिहरु द्धन्द्धका वास्तविक इतिहास भएकाले लेखकलाई ‘द्धन्द्धविदका लोक गायक’ का रुपमा लिनुपर्ने हुन्छ’ उनले भने । श्रेष्ठका अनुसार बरालका रचनामा बग्रेल्ती पाइने अवधारणामा नभेटिएका पक्षहरु भेटिने गर्दछ ।
अर्का समालोचक प्रा. राजेन्द्र सुवेदीले राजनीति बसाई सर्ने, टोल फेर्ने, भजन गाउनेहरुको आधारमा भएपनि क्रान्ति विचार बाँचुन्जेल हुने भएकाले एक्लै भएपनि संघर्ष गरिरहनु पर्ने र त्यसैको प्रतिकात्मक रुपमा ‘बर्की नम्बर १३९९९’ आएको बताए । ‘बहुअर्थी शिर्षक, प्रत्येक कथामा सबैखाले मन्थन र अन्तिममा पुगेर निरासालाई कुल्चेर क्रान्तिकारी आशावाद देखाउनु लेखकको सफल शैली हो’ उनले भने । माक्र्सवादी लेखकहरुलाई लाग्ने आरोपको सन्दर्भ कोट्याउँदै प्रा. सुवेदीले भने, ‘विचारलाई कलाले सिगारेकैले बरालले विशिष्ट स्थान हासिल गरेका हुन् ।’
यसैगरी कवि तथा समालोचक अनिल शर्माले पूँजीवादले एउटा स्तरसम्म आलोचना गर्न दिने तर कम्युनिष्ट पार्टीहरुमा सानो आलोचना गर्दा पनि नस्वीकार्ने चलन रहेकोमा त्यसमा कतै युगको आवाज छ कि भनेर स्वीकार्नुपर्ने बताए । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका शर्माले डा. बरालको लेखनमा रहेका सफल पक्ष र बर्की नम्बर १३९९९ भित्र आफुलाई सबैभन्दा बढी मन परेको कथा ‘थुप्रै विन्देसरहरु’ भएको पनि बताए ।
प्रा.डा. नन्दिश अधिकारीको सभापतित्व र संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकायाको सञ्चालनमा सम्पन्न अन्तरक्रियामा कथाकार डा. ऋषिराज बरालले आफ्नो अनुभूति राख्दै भने, ‘यतिबेला राजनीतिले लेख्न उर्जा दिइरहेको छैन, तर म आफ्नो कर्म जारी राख्दै आएको छु ।’ नेकपा–माओवादीका केन्द्रिय सदस्य समेत रहेका कथाकार बरालको ‘बर्की नम्बर १३९९९’ आठौ कथा संग्रह हो ।
