Header Ads

शुन्दरता मापन गर्ने चिज होईन - खुसी घिमिरे

रोएँ तिम्रो यादमा, छैन अब आँसु सबै खुसी लिलाम भए, म कसरी हाँसु……….. साँच्चै यो गीतले भने झै मानिसको जीवनमा आँसु हुन्छ, हाँसो हुन्छ, जीवनमा अनगिन्ती भोगाईहरुमा कंयौ पल्ट मानिस हाँसेको हुन्छ, कंयौ पल्ट रोएको हुन्छ तापनि मान्छै हो, यी दुबै परिस्थितीलाई आत्मसाथ गर्दे मान्छे अगाडि बढ्छ, जीवनमा केही गर्नको लागि, समाजमा चिनिनको लागि तर यो सब त्यति सहज छैन, यस्तै थुप्रै असहज परिस्थितीको सामना गर्दे अगाडि बढ्नु भएको छ, खुसी घिमिरे ।

जन्मथलो पोखरा भएपनि कमर्थलो राजधानी काठमाडौलाई बनाएकी मोडल घिमिरेको पनि जीवनमा अनगिन्ती कथा व्यथाहरु रहेकाछन तर त्यो सबैलाई थाँती राखेर उनी संर्घष गरिरहेकीछिन । सुरुवातको क्रममा थुप्र्रै फेसन शोहरुमा मोडलिड गरिसक्नु भएकी घिमिरेले केही म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसक्नु भएको छ । पछिल्लो पल्ट झरी एल्वममा समाबेश भएको अन्जना गुरुडको धेरै रोए तिम्रो…………… यादमा गीत प्रति उहाँ निकै नै आशावादी रहनु भएको छ ।

गितको शब्द संगीत र स्वरसंगै उक्त गितको म्युजिक भिडियोमा आफुले पनि निकै मिहेनत गरेको उहाँ बताउनुहुन्छ । छिटै नै सार्वजनिक हुने तयारीमा रहेको यो गितको म्युजिक भिडियोले दर्शकहरुको मन जित्नेमा म निकै नै आशावादी छ, उहाँ भन्नुहुन्छ । यसबाहेक अन्य गीतहरुमा समेत मोडलकोरुपमा अभिनय गर्ने तयारीमा रहनुभएकी घिमिरेलाई नेपाली चलचित्र क्षेत्रमा समेत हिरोईनकोरुपमा काम गर्ने अफर आउने क्रम सुरु भएको छ ।

तर पहिलो पटक काम गर्दा धेरै सोचबिचार गरेर आफ्नो परिचय स्थिापीत हुनेगरी काम गर्नुपर्ने मान्यता राखेकै कारण चलचित्रमा अभिनय गर्न केही ढिलो भएको उहाँ बताउनुहुन्छ । बरु ढिलो किन नहोस राम्रो गर्ने भन्ने सोच कै कारण हालसम्म चलचित्रमा नदेखिएकी हो, उहाँ भन्नुहुन्छ । जीवनमा कलाकारिता क्षेत्रमा नै केही गर्ने सोच राख्नु भएकी घिमिरेले कक्षा १२ सम्म अध्ययन गर्नुभएको छ ।

कला क्षेत्रमा लागेकाकारण पढाईलाई निरन्तरता दिन नसकेकोमा केही दुख लागेतापनि परिवारहरुको साथ र सहयोग पाएकोले आफुलाई यस क्षेत्रमा केही गर्ने हौसला मिलेको उहाँ बताउहुन्छ । फुर्सदको समय पत्रपत्रिका पढ्ने, सामाजिक कार्यमा सहभागी हुने तथा घुम्न मनपराउने घिमिरे राम्रो हुनको लागि शारिरीक तथा मानसिक दुबैरुपमा शुन्दर हुनुपर्ने बताउनुहुन्छ ।

नेपाली कलाकारिता क्षेत्रमा केही नराम्रा पक्षहरु भएपनि आफु आफ्नो ठाउँमा सहीरुपमा उभिन सके त्यस्तो नराम्रोले खासै केही बिर्गान नसक्ने उहाँको भनाई छ । कलाकारिता क्षेत्रमा यहाँसम्म आउन सक्नुमा शुष्मा महरा दिदीको निकै ठुलो हात रहेको बताउने घिमिरे यस क्षेत्रलाई राम्रो, मर्यादित र व्यवसायीक बनाउन सकेको खण्डमा नेपाली कलाकारिता क्षेत्र निकै नै माथि उठ्ने बताउनुहुन्छ । -साभार युवाहुकाँरबाट
Powered by Blogger.