बिरामी श्रीमतीलाई ह्याक्सो ब्लेडले काटी हत्या गर्ने पक्राउ
काठमाडौ, फागुन २२ । काभ्रे जिल्ला बाल्देफेदी ८ घर भई काठमाडौ–१८ भुरुङखेल बस्ने ४२ वर्षिया सानोकान्छी तामाङको हत्याको अभियोगमा प्रहरीको अपराध महाशाखा हनुमानढोकाको टोलीले उनका श्रीमान् ३५ वर्षीय वाङ्गेल तामाङलाई पक्राउ गरेको छ।
कुन व्यवसाय गर्ने भन्ने विषयमा रहेको विवादलाई लिएर अभियुक्त तामाङले विहीबार राती कोठामा सुतिरहेको अवस्थामा श्रीमती सानोकान्छीको हत्या गरेको प्रहरीले बताएको छ। राती सुतिरहेकी बिरामी श्रीमतिलाई सिरकले नै मुख छोपी फलाम काट्ने ह्याक्सो ब्लेडले घाँटी रेटी हत्या गरेको प्रहरी बताएको छ।

हत्यापछि अभियुक्त निकै छिमेकीको घरमा बसेको र पछि श्रीमती नदेखेको बाहना बनाई छिमेकीहरुालई सोधेको प्रहरीले बताएको छ। हत्याको पोल नखुलोस् भनेर उनले श्रीमति कोठामा मृत फेला परेको भन्दै राती नै १०० मा प्रहरीलाई फोन गरेको प्रहरीले बताएको छ ।
भुरुङखेलको दुकुचा गल्लीस्थित सुन्दरमणी कर्माचार्यको कच्ची घरको दोस्रो तल्लामा विगत ३÷४ वर्षदेखि दुई दम्पती बस्दै आएका थिए । अभियुक्तले घर पेन्ट गर्ने काम गरेको र उनकी मृतक श्रीमति कपडा सिलाईबुनाईको काम गर्ने गरेको प्रहरीले बताएको छ ।