मैदानमा फुटबलरले मुक्का हान्दा रेफ्रीको निधन, खेलाडीलाई ८ वर्ष कैद
मिसिगन, एजेन्सी । मैदानमा रेफ्रीमाथि मुक्का प्रहार गर्दा रेफ्रीको निधन भएपछि एक फुटबलरलाई ८ वर्ष कैद सजाय सुनाइएको छ ।
गत वर्षको जुन महिनामा मिसिगन युनाइटेड सकर लिगको खेलका दौरान रेफ्री ४४ वर्षीय जोन बिनिविजमाथि मुक्का प्रहार भएको थियो ।

घटनापछि मैदानमै ढलेका उनको दुई दिनपछि निधन भएको थियो ।
जोनले बासेल सादलाई दोस्रो पहिँलोकार्ड देखाउन लाग्दा उनीमाथि प्रहार भएको थियो । ३७ वर्षीय मेकानिक काम गर्ने बासेलले हानेको एकै मुक्काले जोन मैदानमा अचेत भएर ढलेका थिए ।गत वर्षको जुन महिनामा मिसिगन युनाइटेड सकर लिगको खेलका दौरान रेफ्री ४४ वर्षीय जोन बिनिविजमाथि मुक्का प्रहार भएको थियो ।

सादलाई अदालतले दोषी ठहर गर्दै कम्तिमा आठ वर्ष जेलमा बिताउनुपर्ने सजाय तोकेको छ । कोर्टबाट बाहिर निस्कनअघि सादलाई जोनकी बिधवा पत्नीले अदालतमा नै रातो कार्ड देखाएकी थिइन् ।
आदलतले सादलाई जोनको अन्तिम संस्कारमा लागेको ९ हजार २०० डलर पनि तिर्न आदेश दिएको छ ।
