Header Ads

अमेरिकामा मन्त्री केसीले प्रहरी बोलाउँछु भनेपछि….

न्युयोर्क, चैत ३ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी र त्यहाँ बस्दै अाएका नेपाली महिला बीच दोहोरो नागरिकताको विषय उठेपछि घम्साघम्सी भएको छ ।

स्थानीय महिलाको आयोजनामा न्युर्योकमा गरिएको एक भेटघाट कार्यक्रममा बिदेशमा बसेका नेपालीले आफ्नो नागरिकतालाई निरन्तरता दिनुपर्ने बताएपछि मन्त्री केसी आक्रोसित भएकी हुन् ।

अमेरिकामा बसेर महिला अधिकारका क्षेत्रमा कार्यरत सीता खरेल लगायतको समुहले दोहोरो नागरिकता लिन पाउनुपर्ने यसका लागि मन्त्रीले पहल गरिदिनुपर्ने माग गरेपछि ‘दोहोरो नागरिकता लिन पाइदैँन’ भन्दै कार्यक्रमस्थलमै मन्त्री कड्किएकी हुन् ।

‘तपाईहरुलाई नागरिकता किन चाहियो ? अमेरिका बस्ने अनि दोहोरो नागरिकता पनि चाहिने ?’ उनले भनिन्, ‘अमेरिका बसेर दोहोर नागरिकता मिल्दैन यस्ता सम्झौतामा मै हस्ताक्षर गर्दिन ।’ उनले यस्ताे जवाफ फर्काउने बित्तिकै कार्यक्रम स्थलको अवस्था असामान्य बनेको थियो ।

लामो समय चर्काचर्की परेपछि मन्त्री केसीे खाना खान बोलाएर यस्तो प्रश्न गर्ने भन्दै खाना नै नखाइ फर्किएकी थिइन् ।

नेपालमा रहँदा मन्त्री केसीसंगै रहेर विगतमा लामो समय काम गरेकी सीता खरेलले मन्त्री केसीको हात समाउँदै खाना खाएर मात्र जान अनुरोध गर्दा मन्त्री प्रहरी बोलाउने चेतावनी दिइन ।-सम्बादमिडियाबाट
Powered by Blogger.