Header Ads

बलिउड अभिनेता आमिर खान कुस्ती सिक्दै

एजेन्सी । बलिउड अभिनेता आमिर खान यतिबेला कुस्ती सिक्दै छन् । केही दिन यताबाट दैनिक कुस्तीको प्रशिक्षणमा व्यस्त छन् । आफूले अभिनय गर्ने फिल्म दंगलको लागि उनले कुस्ती सिकेका हुन् ।

हरियाणाका पहलमान तथा कुस्तीबाज महावीर फोगटको संघर्षसँग मिल्दोजल्दो कथामा आधारित रहेर फिल्म दंगल निर्माण हुँदै छ । तर,यो फिल्म महावीरको बायोपिक नभएको अभिनेता खानले बताएका छन् ।

यो फिल्मका लागि आफूले हरियाणबी भाषा पनि सिकिरहेको उनको कथन छ । यो फिल्ममा खान किशोर,युवा हुँदै पौढसम्मको भूमिकामा देखिने भएका छन् ।

 ती छोरीको पिता बनेका आमिरले प्रोढ हुँदा पनि कुस्तीमा सक्रिय रहेको भूमिका यसमा निर्वाह गर्दै छन् । आजको राजधानी दैनिकमा खबर छ ।
Powered by Blogger.