पाउजुको छमछम र दिलको पाना छायकन सम्पन्न
काठमाडौं । गीतकार राजकुमारी श्रेष्ठ र अनिल बानियाको गीति एल्बम स्पन्दनमा रहेका गीतहरु मध्यबाट दुइवटा गीतको म्युजिक भिडियोको छायकन सम्पन्न भएको छ । पाउजुको छमछम बजाउदै बोलको गीतमा सहिमा श्रेष्ठको स्वर रहेको छ भने भने चर्चीत नायिका अनु शाह र भुपेन बानियाले अभिनय गरेका छन् ।
त्यसै गरि दिलको पाना खाली राखे तिम्रो माया लेखनलाई प्रमोद खरेलको स्वरमा रहेको गीतमा भुपेन बनिया र जानवई बस्नेतले अभिनये गरेका छन् । नेपाली नयाँ बर्षको अबसर परेर सो एल्बम बाहिर बजारमा ल्याउनको लागी सन्ध्या म्युजिक प्रा. लि. राता रात काम गरिरहेको सन्ध्या म्युजिकका पुस्कर सुनुवारले एनपी न्यूजलाईनलाई बताए । उक्त भिडियोको छायकन अहिलेका चर्चित (सिनेमाटोग्राफर, ईडिटर) ओम प्रसाईले गर्नु भएको छ भने निर्देशन् किमोस खेमले गरेका छन् ।


