Header Ads

नेपाल–भारत कुनै गोल हुन सकेन, नेपाल छनोट चरणबाटै बाहिरियो

काठमाडौँ । नेपाल विश्वकप फुटबल र एशिया कप फुटबलको प्रारम्भीक छनौटबाटै बाहिरिएको छ । सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा युएईमा हुने एसिया कपका लागि एसियाली छनोट अन्तर्गत दोस्रो लेगमा नेपालले भारतसँग गोल रहित बराबरी खेलेको छ।

त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा खेलेको बराबरी खेल्दै समग्रमा नतिजा २-० गोलले जित्दै भारत दोस्रो चरणमा प्रवेश गरेको हो। यसअघि नेपाल पनि प्रतिद्वन्द्वी भारतसँग भएको पहिलो लेगमा ०–२ ले नै पछि परेको थियो। नेपाल विश्‍वकप छनोटको प्रारम्भिक छनोटबाट बाहिरिएको छ। पहिलो मध्‍यान्तरमा नेपाल र भारतले कुनै गोल गर्न सकेन। घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालले आफ्नो प्रस्तुती दमदार दिए पनि भारतविरुद्ध गोल भने गर्न सकेन।

नेपालले खेलको सातौं मिनेटमा डिबक्सको केही बाहिर फ्रि किक पाएको थियो। तर, सदुपयोग गर्न सकेन। नेपालका लागि नेपालका भरत खवासले पनि गोल गर्न सकेनन। यस्तै सन्दिप राईले पनि आफ्‍नो प्रहारलाई गोलमा परिणत गर्न सकेन। भारतीय खेलाडी सुनिल क्षेत्रीले भोला शिलवालाई फल गरेका थिए। यस्तै खेलको दोस्रो हाफको खेलको सुरुआतमै नेपालले कर्नर पाए पनि गोल भने हुनबाट चुक्‍यो।

भोला सिलवालले गरेको सटिक प्रहारलाई नेपाली टोलीले सदुपयोग गर्न सकेनन्। यसअघि गत मंगलबार भारतको गुहाटीमा भएको ‘अवे’ खेलमा नेपाल २-० गोलले भारतसँग पराजित भएकोले विश्‍वकप छनोटको प्रारम्भिक छनोट पार गर्न सकेन। छनोट चरण पार गर्न नेपालले ‘होम गेम’मा भारतलाई कम्तिमा ३ गोलको अन्तरले पराजित गर्नुपर्ने थियो।
Powered by Blogger.