विश्वकप छनोटअन्तर्गत के नेपालले आज पुनरागमन गर्ला त ?
काठमाडौँ, चैत्र ३ । सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा युएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लिगका लागि नेपाल र भारत आज घरेलु मैदानमा आमने सामने हुँदैछन् । नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लिगमा ०–२ ले नै पछि रहेको अवस्था छ । अब नेपालले दोस्रो चरणमा पुग्न घरेलु मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको युरोपेली छनोटको प्ले अपमा युक्रेनमा ०–२ ले पछि परेर भोगेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आफ्नो घरेलु मैदानमा ३–० ले खेल उल्टाउँदै विश्वकपको टिकट काट्यो । नेपालले एक गोल मात्र व्यहोरेको खण्डमा ४ गोल लगाउनुपर्ने हुन्छ ।

अथवा, २–० ले अग्रता लिएर बराबरी गर्दै अतिरिक्त समयमा खेल लगेर जित्नुपर्ने हुन्छ । नेपालले निर्धारित र थपिएको समयमा पनि २–० ले अग्रता लिएको खण्डमा प्यानल्टी सुटआउटबाट नतिजा निस्कने सम्भावना पनि छ । तर, नेपालका लागि एसिया कप खेलिसकेको भारतीय टोली सहज प्रतिद्वन्द्व भने हैन । नेपाल र भारत हालसम्म १६ पटक भिडिसकेका छन् ।
यसमा भारतले १२ पटक नतिजा आफ्नो पक्षमा पारिसकेको छ भने नेपालले भारतलाई दुई खेलमा मात्र जितेको छ । त्यस्तै, दुई खेल भने बराबरीमा टुङ्गिएका छन् । भारतले नेपाललाई २८ गोल हानेको छ भने नेपालले नौ गोलमात्र फर्काएको छ ।