Header Ads

१० दिनसम्म कहाँ हराएका थिए रुसका राष्ट्रपति पुटिन ?

रुस, चैत ३ । सार्वजनिक रुपमा नदेखिएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन १० दिनपछि सोमबार देखिएका छन् । १० दिनपछि देखिएका पुटिनले आफ्नो अनुपस्थितिबारे गरिएका अनेकौं अड्कलबाजीको खण्डन पनि गरेका छन् ।

उनी सार्वजनिक रुपमा नदेखिँदा बिरामी भएको लगायतका विभिन्न अड्कलबाजी गरिएको थियो । पुटिनले सेन्ट पिटर्सवर्गको बाहिरी भूभागस्थित बैभवशाली कन्स्टान्टिनोभ दरबारमा किर्गिजस्तानका राष्ट्रपति अलमाज्बेक एतमाबायेभसँगको कुनै हल्ला नभएमा आफूहरु पनि दिक्क हुने बताए ।

किर्गिजका राष्ट्रपति एतमबयेभले बैठक हुनुअघि आफूलाई रुसी राष्ट्रपति पुटिनले दरबारको चारैतिर घुमाएको बताए । यसबाट पुटिनले आफ्नो स्वास्थ्य खराब भएको आशंका खण्डन गर्न खोजेको ठानिएको छ । -नागरिक दैनिकबाट
Powered by Blogger.