Header Ads

यी महिलाले चोरैरै कमाइन करोडौ, जेल जाँदाजाँदै भनिन्– केको लाज ? : फोटोफिचरसहित

एजेन्सी । के तपाईले कुनै यस्तो व्यक्तिका बारेमा सुन्नु भएको छ, जसले करोडौ रुपैयाँको चोरी मात्र गरेन बरु खुलेआम स्वीकार पनि गरिरहेको छ। सुन्नु भएको छैन भने इंग्ल्याण्ड निवासी ४४ वर्षीया किम फेरी त्यस्तै महिला हुन् । उनले अहिलेसम्म २ मिलियन युरो चोरी गरेकी छन् ।

हालै उनले दिएको एउटा इन्टरभ्युमा किमले चोरी गरेर कमाएको रकमका बारेमा खुलासा गरेकी हुन् । उनीमाथि अहिलेसम्म चोरीका ५० आरोप लगाइएको छ। उनी सात पटक जेल गइसकेकी छन् । किमले ९ वर्षको उमेरमा पहिलोपटक चोरी गरेकी थिइन् ।

त्यसपछि उनले यसमा यति मजा आयो कि यसलाई आफ्नो पेसा नै बनाइन् । त्यति मात्र होइन, उनले आफ्ना ६ जना छोराछोरीलाई पनि चोरी गर्ने तालिम दिन थालिन् । आफ्नो चार दशक लामो जीवनमा किमले निकै शानदार जीवन बाँचेकी छन् । जसमा मीठो खाना, उत्कृष्ट स्थानमा विदा मनाउन र रेन्ट फ्री काउन्सिल होममा बस्नु पनि पर्दछ ।

किम भन्छिन्–मैले जे गरेँ यसमा मलाई कुनै पश्चाताप छैन, बरु गर्व छ । किम अगाडि भन्छिन् –मैले चोरीबाट करोडौ रुपैयाँ प्राप्त गरेँ र यस्तो जीवन बाँचेँ । जुन सामान्य मानिसहरु मात्र सोच्न सक्छन् ।

यद्यपि अब उनी चोरी गर्न चाहन्नन् । त्यसैले उनी अहिले कुनै रोजगारीको खोजीमा छिन् । उनले यसका लागि सबैसँग सहयोगका लागि आग्रह पनि गरेकी छन् ।
Powered by Blogger.