कुख्यात बाल यौनदुराचारीलाई सात वर्ष कैद
काठमाडौं, फागुन १८ । क्यानडामा कारबाहीबाट उन्भुक्ति पाएका कुख्यात बाल यौनदुराचारी अर्नेस्ट फेनविक म्याकइन्टोसलाई सात वर्ष कैदको सजाय भएको छ ।

ललितपुर जिल्ला अदालतले अप्राकृतिक मैथुन मुद्दामा उनलाई सात वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनारायण कुँवरको इजलासले आइतबार म्याकइन्टोसलाई दोषी ठहर गरेको हो ।
मुद्दा दायर भएको ४८ दिनमै फैसला भएको हो । म्याकइन्टोस एक महिनादेखि नख्खु जेलमा छन् । सन् १९७० देखि बाल यौनदुराचार अपराधमा संलग्न म्याकइन्टोस क्यानडामा दुई वर्ष जेल परेर छुटेका थिए ।
पुराना घटना भएको र बलियो प्रमाण नभएको भन्दै उनलाई त्यहाँको अदालतले छाडिदिएको थियो ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
