दक्षिण अफ्रिकालाई पाकिस्तानले २९ रनले हरायो
विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डक वर्थ लुइसको आधारमा २९ रनले हराएको छ ।
डक वर्थ लुइस मेथडको आधारमा २३२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका ३३ ओभर ३ बलमा २०२ रनमा समेटियो ।
अकल्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर २ बलमा अलआउट हुँदै २२२ रन जोडेको थियो । तर बर्षाको कारण खेल ४७ ओभरमा छोट्याइएकोले दक्षिण अफ्रिकाले ५० ओभरमा २३२ रनको नयाँ लक्ष्य पाएको थियो ।
दक्षिण अफ्रिकाका कप्तान एबी डिभिलियर्सले ७७ रन जोडेका थिए । दक्षिण अफ्रिकालाई हराउन मोहद इरफान, राहत अली र बहाव रियाजले ३-३ विकेट लिए । सोहेल खानले एक विकेट झारे । पाकिस्तानका लागि कप्तान मिसवाह उलहकले सर्वाधिक ५६ र सर्फाज अहदले ४९ रनको योगदान गरे । दक्षिण अफ्रिकाका लागि डेल स्टेनले ३, केल एवोट र मोर्ने मर्केलले समान २ तथा इमरान ताहिर र एबी डिभिलियर्सले समान १-१ विकेट लिए ।
शनिबारको जितसँगै पाकिस्तानले नकआउट चरण पार गर्ने सम्भावना कायमै राखेको छ ।