विश्वकप क्रिकेट : आज पास्तिान र दक्षिण अफ्रिका भिड्दै
काठमाडौ, फागुन २३ । समूहगत चरणमा खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको दक्षिण अफ्रिका जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो छ।
पहिलो पटक विश्वकपको फाइनल पुग्ने प्रयासमा रहेको दक्षिण अफ्रिका बलिङ र ब्याटिङ दुवैमा बलियो देखिएको छ। सुरुका दुई खेल हारे पनि त्यसपछिका दुई खेल जितेको पाकिस्तान भने क्वार्टरफाइनल पुग्न संघर्ष गरिरहेको छ।
पूर्वविजेतासमेत रहेको पाकिस्तानले महत्त्वपूर्ण खेलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्दैछ । पाकिस्तानका लागि क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित राख्न यो खेल जित्नै पर्ने दबाब छ। दक्षिण अफ्रिकाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा एसोसियट टोली युएईको सामना गर्ने भएकाले उसलाई क्वार्टरफाइनलको यात्रा तय गर्न त्यति ठूलो दबाब छैन। पाकिस्तानलाई दक्षिण अफ्रिकाको चुनौती पार गर्न सहज हुने छैन।
पूर्वविजेतासमेत रहेको पाकिस्तानले महत्त्वपूर्ण खेलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्दैछ । पाकिस्तानका लागि क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित राख्न यो खेल जित्नै पर्ने दबाब छ। दक्षिण अफ्रिकाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा एसोसियट टोली युएईको सामना गर्ने भएकाले उसलाई क्वार्टरफाइनलको यात्रा तय गर्न त्यति ठूलो दबाब छैन। पाकिस्तानलाई दक्षिण अफ्रिकाको चुनौती पार गर्न सहज हुने छैन।

दक्षिण अफ्रिकाले पछिल्ला दुई खेलमा पहिला ब्याटिङ गर्दै चार सयभन्दा बढी योगफल बनाएको थियो। राम्रो प्रदर्शन गरिरहेको आयरल्यान्ड र वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिकी ब्याट्सम्यानले आक्रामक ब्याटिङ गरेका थिए। हासिम अमला, फाफ डु प्लेसिस, एबी डे भिलियर्स, जेपी डुम्नी, डेभिड मिलर र रिली रोसुलगायतका ब्याट्सम्यान लयमा छन। तेज बलरहरू मोर्ने मोर्केल, कायल एबट र डेल स्टेन र स्पिनर इमरान ताहिरको प्रदर्शन पनि बेजोड छ। पाकिस्तानको भने ब्याटिङ सन्तोषजनक छैन।
पछिल्ला दुई खेलमा पाकिस्तानले जित हात पारे पनि युएई र जिम्बावे प्रतिद्वन्द्वी भएकाले पाकिस्तानले आफ्नो स्तरअनुसारको प्रदर्शन अझै गर्न सकेको छैन। पाकिस्तान त्यसअघिका दुई खेलमा आफू सरहका वेस्टइन्डिज र भारतसँग फराकिलो अन्तरले पराजित भएको थियो। अघिल्लो खेलमा युएईविरुद्व चार खेलाडीले अर्धशतक बनाएकाले पाकिस्तानको मनोबलमा केही सुधार भने आएको छ। माथिल्लो क्रमका ब्याट्सम्यानले टोलीलाई गतिलो स्थितिमा पु:याउन नसक्नु र सम्हालिएर खेल्न नसक्नु पाकिस्तानको ब्याटिङमा देखिएको समस्या हो। पाकिस्तानको बलिङ भने उत्कृष्ट देखिएको छ।
वाहब रियाज र मोहम्मद इरफानको ‘सर्ट पिच’ बलिङबाट पाकिस्तानले विकेट हात पार्ने गरेको छ। इरफान चोटग्रस्त रहेकाले उनीबाट शतप्रतिशत प्रदर्शनको अपेक्षा गर्न सक्ने स्थिति देखिँदैन। रमाइलो त के छ भने विश्वकपमा हालसम्म यी दुई टोलीबीच भएका तीनवटै खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ। पाकिस्तानको चिरप्रतिद्वन्दी भारतले जारी प्रतियोगितामा दक्षिण अफ्रिकालाई हराएको थियो। विश्वकपमा यसअघि दक्षिण अफ्रिकासँग भएका तीनवटै खेलमा भारत विजयी हुन सकेको थिएन।
पाकिस्तानका कप्तान मिसवाह उल हकले दक्षिण अफ्रिकासँगको खेल महत्त्वपूर्ण भएकाले टोलीका हरेक सदस्य गम्भीर रहेको बताए। यसैगरी क्वार्टरफाइनल पुग्ने होडमा रहेको एसोसियट राष्ट्र आयरल्यान्डले पनि शनिबार नै हुने अर्को खेलमा जिम्बावेको सामना गर्दैछ। जिम्बावेलाई हराउन सके आयरल्यान्ड क्वार्टरफाइनलको दौडमा रहनेछ। आयरल्यान्डले अघिल्लो खेलमा दक्षिण अफ्रिकासँग फराकिलो हार व्यहोरे पनि त्यसअघिका खेलमा वेस्टइन्डिज र युएईलाई हराएको थियो।-एजेन्सी
