Header Ads

बिपी राजमार्गमा बेलुकी बस सुचारु गर्नुपर्ने माग

काठमाडौं, फागुन २३ । काठमाडौंबाट विपी राजमार्ग भएर बनेपा–बर्दिबास हुँदै पूर्वी नेपालका जिल्लाहरुमा जान चाहने यात्रुलाई सिन्धुलीको खुर्कोटमा रहेको इलाका प्रहरी कार्यालयले बेलुकी ८ बजेपछि जान नदिँदा हजारौँ यात्रु मर्कामा पर्ने गरेका छन् ।

ओखलढुङ्गाबाट निर्वाचित नेपाली काँग्रेसका सभासद् रामहरि खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरीले रोक्दा दैनिक हजारौँ यात्रु समस्यामा परेकाले तत्काल यो व्यवस्था हटाउन सम्बन्धित पक्षसँग माग गरेका छन् ।

निर्माण कार्य भइरहेका बेला यातायातका सवारी साधन चलाउन दिएर एकै घटनामा ४७ जनाको निधन भएको थियो । एक महिनाअघि विपी राजमार्ग निर्माण कार्य सम्पन्न भएपछि दुर्घटनाको कुनै समस्या नभएकाले खुर्कोटमा बेलुकी ८ बजे पूर्व जाने यात्रीलाई रोक्ने परिपाटी हटाउनुपर्छ, सभासद् खतिवडाले भने ।

पूर्वका ओखलढुङ्गा,सोलुखुम्बु,सिन्धुलीलगायत विराटनगर र जनकपुर क्षेत्रमा चल्ने साना सवारी साधनसमेत विपी राजमार्ग भएर चल्ने भएकाले यो राजमार्ग राति चल्न दिनुपर्ने माग पनि सभासद् खतिवडाले गरेका छन् ।
Powered by Blogger.