यो कस्तो अचम्म ! १५ लाखमा किनेर नेपाली युवतीसँग बिहे
काठमाडौ, फागुन २१ । अघिल्ला तीन दिन झैँ त्यस दिन पनि चिनियाँ युवकले उनलाई जर्वजस्ती गर्न खोज्यो । उनले मानिनन् । चिनियाँ नागरिकसँग कोर्ट म्यारीज गरी चीनकै एक विकट गाँउ पुगेकी ती नेपाली युवतीले संकल्प गरेकी थिईन, बरु मर्छु शरीर सुम्पिन्नँ ।
घटना यही २०७१ माघ २४ गते रातको हो । जर्वजस्ती गर्न खोज्ने अरु ब्यक्ति होइनन् आफ्नै लोग्ने थिए कागजी हिसावले । ब्यवहार भने उनीहरुबीच यसअघि पति पत्नीको कुनै सम्बन्ध गाँसिएको थिएन । पर्वतकी संगीता घिमिरे (नाम परिवर्तन) लाई कागजी पतिको नाम धरी याद छैन ।

करिव ९ बजे हुँदो हो । त्यस दिन जर्वजस्ती गर्न नपाएपछि त्यो चिनियाँ पुरुषले रक्सीको बोत्तल खोल्यो, र चुरोट सल्काउँदै कोठाको छेउमा बसेर पिउन थाल्यो । बेलाबेला संगीतालाई खाउँलाझै गरी हेर्थो । उनी निदाएझै गरिरहेकी थिइन् ।
केही बेरपछि फेरि उठेर आयो र सुम्सुम्इाउन थाल्यो । संगीता उठ्दै नउठेपछि उ पनि भुतभुताउँदै ओछ्यानको अर्को छेउ पल्छियो । ‘आज माघ २४ गते जसरी पनि यहाँबाट भाग्छु भन्ने सोचेको थिएँ । त्यसैले निदाएको एक्टिङ गरेँ,’भागेर नेपाल फर्कन सफल संगीताले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)कार्यालयमा आफ्नो कथा सुनाइन् ।
भाग्ने दिन उनले दिउँसै कपडा प्याक गरेर दराजमा राखेकी थिइन् । पछि उनले आफूले १५ लाखमा किनेर बिहे गरेको थाहा पाईन ।