११ वर्षीया बालिका बलात्कार गर्ने १७ वर्षे युवकलाई १० वर्ष कैद
इलाम । ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले मङ्गलबार १० वर्ष कैद सजाय रु २० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इलामको सिद्धिथुम्का–१ का १७ वर्षीय मनबहादुर सिञ्जाली मगरलाई सो फैसला सुनाएको हो ।
२०६८ साउन ३० गते बालिकालाई बलात्कार गरी फरार रहेका सिञ्जालीलाई फागुन ११ गते प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जमुना–४ का ५२ वर्षीय पूर्णबहादुर सावाँलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इलामको सिद्धिथुम्का–१ का १७ वर्षीय मनबहादुर सिञ्जाली मगरलाई सो फैसला सुनाएको हो ।

गएको शुक्रबार आफ्नै घरमा सुतिरहेकी ती युवतीलाई बलात्कार गर्ने सावाँलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिए ।
