विवाह बिचमै रोकेर यसरी परीक्षा दिन पुगिन् बेहुली - फोटोफिचरसहित
एजेन्सी । कुनै पनि परीक्षा एक दिन छुट्नु भनेको एक वर्ष पछि पर्नु हो । त्यसैले किरियापुत्री, मलामी वा अन्य विपतमा परेकाहरु पनि कुनै पनि परीक्षा छुटाउन चाहँदैनन् । भारतको राजस्थानमा एक युवतीले पनि आफ्नो बिहे बिचैमा रोकेर परीक्षा दिएर यही पुष्टि गरेकी छन् ।

यो तस्वीर भारतको राजस्थानको बालेसरको सरकारी कलेजको परीक्षा केन्द्रको हो । यसमा सबैभन्दा अगाडि बसेर परीक्षा दिँदै गरेकी युवती दाणी निवासी सन्तोष प्रजापतको सोमबार साँझ विवाह भएको थियो ।
मंगलबार उनलाई अन्माएर जन्ती घर फर्कने कार्यक्रम थियो । सबै जन्ती तयारीमा जुटेका थिए । तर, बेहुली बनेकी सन्तोष आफ्नो बीए पहिलो वर्षको परीक्षा दिन चाहन्थिइन् ।
तर, उनको परिवार उनको परीक्षा दिने चाहना पूरा गर्न सहमत थिएन । बेहुली लिने आएका जन्ती र दुलहा ओमराम पनि नवविवाहित दुलहीले परीक्षा दिएको चाहँदैन थिए । तर, बेहुली बनेकी सन्तोषले पटकपटक आफ्ना परिवारजन र जन्तीसँग अनुनय विनय गरिन् । उनले आफूलाई परीक्षा दिने अवसर दिन हारगुहार गरिन् ।
उनको यो पुकारमा बल्लबल्ल सहमत हुँदै बेहुला पक्ष, जन्ती र सन्तोषका माइती पक्ष ३ घण्टा जन्ती रोक्न सहमत भए । यसपछि सन्तोष बेहुलीकै पहिरनमा आफ्नो भाई जयप्रकाशका साथ बीए फर्स्ट एयरको परीक्षा दिन कलेज पुगिन् ।
यसक्रममा विवाह समारोहमा जन्तीलाई अलमल्याउन खाजापानीको व्यवस्था गरियो । परीक्षा दिएर आएपछि बेहुली सन्तोषले भनिन्–एक पेपर छुट्नु भनेको एक वर्ष गुमाउनु हो । म पढ्न चाहन्छु । र म केही बन्न चाहन्छु । -एजेन्सीको सहयोगमा

यो तस्वीर भारतको राजस्थानको बालेसरको सरकारी कलेजको परीक्षा केन्द्रको हो । यसमा सबैभन्दा अगाडि बसेर परीक्षा दिँदै गरेकी युवती दाणी निवासी सन्तोष प्रजापतको सोमबार साँझ विवाह भएको थियो ।
मंगलबार उनलाई अन्माएर जन्ती घर फर्कने कार्यक्रम थियो । सबै जन्ती तयारीमा जुटेका थिए । तर, बेहुली बनेकी सन्तोष आफ्नो बीए पहिलो वर्षको परीक्षा दिन चाहन्थिइन् ।तर, उनको परिवार उनको परीक्षा दिने चाहना पूरा गर्न सहमत थिएन । बेहुली लिने आएका जन्ती र दुलहा ओमराम पनि नवविवाहित दुलहीले परीक्षा दिएको चाहँदैन थिए । तर, बेहुली बनेकी सन्तोषले पटकपटक आफ्ना परिवारजन र जन्तीसँग अनुनय विनय गरिन् । उनले आफूलाई परीक्षा दिने अवसर दिन हारगुहार गरिन् ।