Header Ads

बुढानीलकण्ठ भेलामा देउवाले भने, चोर बाटोबाट बाँडिएको सदस्यता खारेज हुन्छ

काठमाडौं । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले कुनै पनि जिल्लामा पार्टीको क्रियाशिल सदस्यता वितरणलाई पारदर्शी र धाँधलीरहित बनाउन आफु निकट सभापतिहरुलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो आफ्नै निवास बुढानिलकण्ठमा डाकिएको जिल्ला सभापतिहरुको भेलामा देउवाले आफु आगामी तेह्रौ अधिवेशन स्वतन्त्र र निस्पक्ष होस भन्नेमा दृढ रहेको बताउँदै कुनै पनि जिल्लामा धाँधली भए त्यस विरुद्ध आवाज उठान सभापतिहरूलाई आग्रह गरे।
 'क्रियाशिल सदस्यता वितरण पार्टी विधान अनुसार अघि बढाउनु पर्छ' देउवाको भनाई उदृत गर्दै ललितपर कांग्रेस सभापति मदन अमात्यले अन्नपूर्णसँग भने, 'कुनै पनि जिल्लामा निस्पक्ष र धाँधलीरहित सदस्यता वितरण गराउन तपाईहरुले पहल गर्नुहोस् ।'

 काठमाडौंमा उपलव्ध जिल्ला सभापति र केही केन्द्रीय सदस्यहरुसँग भएको परामर्शमा देउवाले आफू निस्पक्ष रुपमा सभापतिको प्रतिस्पर्धामा उत्रने धारणा राखेका थिए। भेलामा सस्थापन पक्षले विधान विपरित 'चोरबाटो'बाट वितरण गरिएका क्रियाशिल सदस्य कुनै पनि हालतमा सदर गर्न नदिने निष्कर्ष समेत निकालेको छ ।

कांग्रेसमा देउवा पक्षका सभापति भएका भक्तपुर, इलाम, कैलाली लगायतका दर्जन जिल्लामा क्रियाशिल सदस्यता संस्थापन पक्षले विधान विपरित वितरण गरिएको छ। भेलामा भक्तपुर जिल्ला सभापति गणेश चक्रधर, ललितपुरका अमात्य, मनाङ सभापति टेकबहादुर गुरुङ, तनहूँ सभापति ध्रुव वाग्ले, स्याङजाका कलम पंगेनी लगायत दुई दर्जन सहभागी थिए । -अन्नपूर्ण पोस्टबाट 
Powered by Blogger.