Header Ads

उपप्रधानमन्त्री वामदेव गौतमले भने,‘संक्रमणकालमा बलात्कार भइरहन्छ’

काठमाडौं, चैत्र १२ । उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राजनीतिक संक्रमणका बेला बलात्कारका घटना वृद्दि हुनु स्वभाविक भएको बताएका छन् ।

 संसद्को महिला,बालबालिका ,ज्यष्ठ नागरिक र समाजकल्याण समितिको बैठकमा देशभरि बढेको बालिका बलात्कार बारे सभासद्हरुको जिज्ञासमा उपप्रधानमन्त्री गौतमले भने,‘राजनीतिक संक्रमणकालमा यस्ता खालका घटना भइहाल्छ ।
यद्यपि यस्ता खालका घटना रोक्न सरकार प्रतिवद्द छ ।’ पछिल्लो समय गम्भीर बन्दै गएको बढ्दो बालबालिका बलात्कार तथा महिला हिंसाका घटनाप्रति आक्रोस र चिन्ता व्यक्त गर्न बोलाइएको बैठक उपप्रधानमन्त्री गौतमको संवेदनहीन प्रस्तुतीले हल्काफुल्का टिप्पणी र हाँसोको थलो बनेको थियो ।

गौतमको अभिव्यक्ति र शैलीको कटाक्ष गर्दै सभासद् बाबुराम पोखरेलले यस वर्ष मात्र एक हजार तीन सय २५ जनाको बलात्कार हुँदा पनि गृहमन्त्री गम्भीर नहुनु दुःखलाग्दो भएको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.