Header Ads

यस्तो छ गुन्डा तह लगाउने प्रहरीको तीन रणनीति

काठमाडौं,चैत ४ । चरी इन्काउन्टरपछि सुस्ताएका गुन्डाका नाइकेहरु पुनः सल्बलाउन थालेपछि प्रहरीले गुन्डागर्दी निर्मुल पार्न नयाँ रणनीति अघि सारेको छ । प्रहरीको यो रणनीतिमार्फत गुन्डाहरु तह लाग्ने विश्वास छ । प्रहरीले अघि सारेको तीन रणनीतिमा पहिलो रणनीति निष्क्रिय बनाउने वा विदेश भगाउने भन्ने छ ।

गुन्डामाथि दबाब बढाएर सके सुधार्ने,नत्र निष्किय बनाउने प्रहरीको रणनीति छ । त्यसका लागि प्रहरीले निगरानी,सोधपुछ र गिरफ्तारी बढाएको छ । यही सिलसिलामा प्रहरीले राजु गोर्खालीलाई पक्राउ रगरेर चेतावनीसहित छाडिदिएको छ भने सञ्जय डंगोल ,दीपक तालु र सञ्जीव स्याल हिरासतमा छन् ।

प्रहरीको दोस्रो रणनीतिमा राजधानी र जिल्लाको नेटवर्क तोड्ने छ । ठूला गुन्डाहरुको राजधानीबाहिर पनि नेटवर्क छ,राजधानीमा अप्ठ्यारो पर्दा जिल्लामा लुक्ने र जिल्लामा अपराध गरेर राजधानीमा सुरक्षित हुने प्रवृति छ ।

राजधानी र जिल्लाको गुन्डागर्दीको यो नेटवर्क ध्वस्त पार्न अपराध अपराध महाशाखाको डिएसपीको नेतृत्वमा छुट्टै टोली खटिएको छ । प्रहरीको अन्तिम रणनीतिमा नटेर्नेलाई इन्काउन्टरमा सिध्याउने योजना छ । दबाब बढाउँदा बढाउँदै पनि नटेर्नेलाई इन्काउन्टर गर्ने प्रहरीको तयारी छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.