Header Ads

अश्लिल भिडियो हेर्ने तीन जना न्यायाधीश यसरि भए बर्खास्त

एजेन्सी । ब्रिटेनमा चीन जना न्यायाधीशलाई पोर्न भिडियो हेरेको आरोपमा पदबाट हटाइएको छ। एक जना न्यायाधीशले भने छानविन सुरु हुनुअघि नै पदबाट राजीनामा दिएका छन् ।

जुडिशियल कन्डक्ट इन्भेस्टिगेशन कार्यालयका प्रवक्ताले बताए अनुसार तीनै जना न्यायाधीशले पोर्न भिडियो हेर्नका लागि आफ्नो आधिकारिक इन्टरनेट एकाउन्ट प्रयोग गरेका थिए ।

यद्यपि प्रवक्ताले भने–न्यायधीशहरु जुनप्रकारको पोर्न हेरिरहेका थिए, त्यो ब्रिटेनमा गैरकानुनी भने छैन । कानुन मन्त्री र प्रधानन्यायाधीशका अनुसार आधिकारिक इन्टरनेट एकाउन्ट ‘यसरी दुरुपयोग गर्न सकिन्छ’ र ‘न्यायिक कार्यालयसँग सम्बन्धित व्यक्तिको यसप्रकारको व्यवहारलाई स्वीकार गर्न सकिँदैन ।

यस्तै अश्लील सामग्री हेर्ने चौथो न्यायाधीशले आधिकारिक छानविन सुरु हुनुअघि नै पदबाट राजीनामा दिएका छन् । यसरी अश्लील सामग्री हेरेको आरोपमा डिस्ट्रिक्ट जज टिमोथी बाउल्स, इमिग्रेसन जज वारेन ग्रान्ट, रिकार्डर पिटर बुलाकलाई पदबाट हटाइएको हो ।

यी तीनै जना न्यायाधीश कुनै पनि प्रकारले आपसमा जोडिएका थिएनन् । अधिकारीहरुका अनुसार चौथा न्यायाधीश रिकार्डर एन्ड्रयु माभले आधिकारिक इन्टरनेट एकाउन्टबाट यस्तै अनुचित सामग्री हेरेका थिए । बीबीसीका कानुन सम्वाददाता क्लाइभ कोलेम्यानले भने–यी सबै न्यायाधीश सिनियर न्यायाधीश होइनन्, जुनियर हुन् । तर यो एउटा गम्भीर विषय हो । -एजेन्सीको सहयोगमा
Powered by Blogger.