चीनबाट हालसम्मकै ठूलो लगानी यसरि आउँदै
काठमाडौं, चैत्र ४ । चिनियाँ लगानीकर्ताकाबाट अहिलेसम्मकै ठूलो लगानी आउने भएको छ ।
चीनको दसौं ठूलो सिमेन्ट उत्पादक होङ्सी ग्रुपले नेपालमा अहिलेसम्मकै ठूलो लगानी भित्राउन लागेको हो ।
२१ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशीक लगानी (एफडिआई) ल्याउने गरि नेपालको शिवम होल्डीङ ग्रपसंग मंगलबार सम्झौता भएको छ । उद्योग विभागका अनुसार चीनका एउटै लगानीकर्ताले २० अर्ब रुपैयाँ भन्दा बढीको एफडिआई स्वीकृत गराएका छैनन् ।
जलविद्युत आयोजनाका लागि २० अर्ब २४ करोड रुपैयाँ र ४ अर्ब ८ करोड रुपैयाँ चीनका तर्फबाट यस अघिको ठूलो एफडिआई हो । यस बाहेक एक प्रतिष्ठान तथा लगानीकर्ताले अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छैनन् । उक्त आधारमा होङसीले ल्याउन लागेको लगानी अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।
‘चीनको तर्फबाट नेपालका लागि पुर्वाधारमा सबैभन्दा ठूलो लगानी हुने छ,’ सम्झौता समारोहमा चीनियाँ राजदुत उ चुनताईले भने, ‘यो लगानीले सकारात्मक सन्देश जाने छ । अन्य लगानीकर्तालाई पनि आकषिर्त गर्ने छ ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।