Header Ads

यात्रुको चाप ह्वात्तै बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल अस्तव्यस्त

काठमाडौं,फागुन २५ । चार दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण सञ्चालनमा आएसँगै जहाज र यात्रु चाप ह्वात्तै बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल आइतबार दिनभरि अस्तव्यस्त बनेको छ ।

 विभिन्न देशबाट आएका जहाज एकैचोटी राजधानी भित्रिँदा अवतरणका निम्ति समय मिलाउन विमानस्थललाई हम्मे परेको थियो । अन्तर्राष्ट्रिय उडानका जहाज लामो समय आकाशमा घुमिरहन बाध्य भए ।

अवतरणपछि पनि यात्रुको चाप व्यवस्थापन गर्न विमानस्थल कार्यालय असफल रह्यो । जहाज अवतरण गरेको तीन–चार घन्टासम्म सामान आइनपुगेर यात्रु अन्योलमा थिए । विमानस्थल व्यवस्थापनले यात्रुको चापबमोजिम पर्याप्त ट्रलीसमेत जुटाउन सकेको थिएन ।

ट्रली खोज्न यात्रुहरुले आफैं बाहिर निस्कनुपरेको थियो । सामान्य दिनमा औसत ८० उडान–अवतरण हुने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमास्थलमा आइतबार बिहान ६ देखि सोमबार बिहान ६ बजेसम्म १३० उडान –अवतरण हुनेछन् । आजको नागरिक दैनिकमा खबर छ ।
Powered by Blogger.